२६ जेठ २०८३, मंगलबार

जेलभित्र बन्द २१ वर्षीया महिला कैदीलाई जेल अधिकारीले नै ‘प्रेमपत्र’ लेखेपछि ...

कात्तिक २९, २०७८
जेलभित्र बन्द २१ वर्षीया महिला कैदीलाई जेल अधिकारीले नै ‘प्रेमपत्र’ लेखेपछि ...

हत्या आरोपमा दोषी ठहर भई जेलभित्र सजाय काटिरहेकी २१ वर्षीय साउना होरेलाई ‘प्रेमपत्र’ लेखेको आरोपमा इङ्ग्ल्यान्डको प्रशासनले जेल अधिकारीलाई पक्राउ गरेको छ ।

आतंकवाद विरुद्धको सुरक्षा टोलीमा कार्यरत जेल अधिकारीले कैद भोगिरहेका अपराधीसँग प्रेम सम्बन्ध राख्न खोजेपछि पक्राउ गरिएको हो ।

होरेले १६ वर्षीय बेकी वाट्सको हत्या गरेको आरोपमा अदालतले समेत दोषी ठहर गरिसकेको थियो । अर्काेतिर ती जेल अधिकारीले आईएस समर्थक सफिया शेखलाई समेत पत्र लेखेको पाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती जेल अधिकारीलाई निलम्बन गर्दै सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्