२६ जेठ २०८३, मंगलबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कात्तिक २९, २०७८
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको, भारतीय बजारमा नेपालभन्दा अत्यधिक मूल्य बढ्दा नेपालबाट पेट्रोलियम पदार्थको अपचलन भएको, निगम अत्यधिक घाटामा गएको जस्ता बहाना बनाइ पटक पटक मूल्यवृद्धि गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ ।

‘निगमले २०७३ असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तत्कालिन आपूर्तिमन्त्री सुनिल थापाको निर्देशनमा लागू भएको उक्त प्रणालीका कारण नेपाल आयल निगमले विगतको पूँजीगत तथा चालुपुँजी घाटा न्यून गर्दै नाफामा आउन समेत सफल भएकोमा २०७७ को शुरूवातदेखि पुनः निगम घाटा जान लागेको भन्दै मूल्य बढाउने काम गर्दै आएको छ । नाफामा आउँदा स्वाभाविक रुपमा लिन सकिने विभिन्न शीर्षकका भत्ता घाटामा जाँदा समेत खाइ रहने निगमले अन्तर्राष्ट्रिय बजारकै मूल्यको आधारमा स्वचालित मूल्य प्रणाली अन्तर्गत मूल्य कायम गर्दा कसरी अर्बौंको घाटा खान थालेको हो, आम नागरिकले बुझन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्