
बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चासो देखाएका छन् । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनमा सोमबार मुस्ताङ पुगेका अध्यक्ष तिमिल्सिनाले ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन् ।
जोमसोम पुगेका अध्यक्ष तिमिल्सिनाले बेनी–जोमसोम खण्डमा भइरहेको सडक निर्माणको अवस्थाका बारेमा आयोजनाका अधिकारीसँग जानकारी लिएर कोरला नाकातर्फ प्रस्थान गरेका छन् । विसं २०७३ देखि सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्ये ६ वटा प्याकेजमात्र निर्माण सकिएको छ ।