२७ जेठ २०८३, बुधबार

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

कात्तिक २९, २०७८
जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए ।  चिसोले यहाँका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई निकै गाह्रो भएको स्थानीयवासी बताउँछन् । बिहान र बेलुका बढी चिसो हुने भएकाले घर आँगनमा आगो बालेर बस्ने गरेको स्थानीयवासी रतन रोकायाले बताए ।रासस

salt training

कमेन्ट गर्नुहोस्