×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

बारसँग न्यायाधीशहरूले भने- हामीबीच फाटो आएको छैन, राणाको राजीनामा मागमा साथमै छौं

कात्तिक ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध अवज्ञा आन्दोलनमा रहेका न्यायाधीशहरूले आफूहरूबीच कुनै किसिमको फाटो नआएको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँग मंगलवार भएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा १९ जना न्यायाधीश नै एकमत रहेको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलका क्रममा न्यायाधीशहरूले व्यक्त गरेको धारणा उद्धृत गर्दै सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले लोकान्तरसँग भने, '४ जना न्यायाधीशले हामीहरूसँगको सहमतिमा नै मुद्दा फिर्ताको विषयमा मात्र सुनुवाइ गर्नुभएको हो भनेर उहाँहरूले भन्नुभयो ।' बन्दी प्रत्यक्षीकरणका मुद्दा, मुद्दा फिर्ता र तामेली जस्ता मुद्दा हेर्ने भन्ने न्यायाधीशहरूबीचको पूर्व सहमतिअनुसार नै ४ जना न्यायाधीशले मंगलवार सुनुवाइ गरेको उनीहरूले प्रस्ट्याएका थिए ।


Advertisment
Nabil box
Kumari

मंगलवार न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोज कुमार शर्माले अन्य नियमित मुद्दाको सुनुवाइ गरेका थिए ।

Vianet communication
Laxmi Bank

'कात्तिक ८ गतेदेखि नै बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको एजेण्डामा हामी बारसँग अहिले पनि छँदैछौं,' छलफलका क्रममा न्यायाधीशहरूको भनाइ उद्धृत गर्दै घिमिरेले थपे, 'गोला प्रथा लागू भयो भने हामीले आफ्नो मुद्दा आफैं तान्ने हो, प्रधानन्यायाधीशले तानेको गोलामा बेन्च परे पनि हामी शेयर गर्दैनौं ।'

बारले उठाउँदै आएको प्रधानन्यायाधीशको राजीनामाको मागमा न्यायाधीशहरूले सहमति जनाएको घिमिरेले बताए ।

दुई पक्षबीच सुनुवाई नहुने मुद्दा फिर्ता, तामेली, मिलापत्र जस्ता मुद्दा हेर्ने सहमति अनुसार आगामी दिनमा अन्य न्यायाधीशहरूले पनि ती मुद्दा हेर्नसक्ने उनीहरूले बताएका थिए ।

'बन्दीका मुद्दा हामीले हेर्दै आएका थियौं । मुद्दा फिर्तादेखि तामेली लगायतका मुद्दा पनि हेर्नेछौं, तर राजीनामाको मागमा हामी तपाईंहरूको साथमा नै छौं,' न्यायाधीशहरूले बारका पदाधिकारीलाई आश्वस्त पारेका थिए ।

सर्वोच्च अदालत परिसरमा व्यापक मात्रामा हतियारधारी प्रहरी प्रयोग गरिएकोमा बारका पदाधिकारीले न्यायाधीशहरूको ध्यानाकर्षण गराएका थिए।

'बाराले गरेको शान्तिपूर्ण आन्दोलनमा दंगा प्रहरी प्रयोग गरेर हस्तक्षेप गर्नुका साथै बल प्रयोग भएको कुरामा हामीले ध्यानाकर्षण गराएका थियौं,' घिमिरेले थपे, 'जवाफमा न्यायाधीशहरूले सर्वोच्चको पवित्र मन्दिरमा त्यस्तो क्रियाकलाप सह्य हुने विषय नै होइन । गम्भीर विषय भएकाले मुख्य रजिस्ट्रारलाई बोलाएर त्यस्तो काममा रोक लगाउन भन्छौं भन्ने प्रतिबद्धता जनाउनुभएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x