×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको चटारो

शशांकको 'खुलासा'– संस्थापनइतरबाट कांग्रेस सभापतिको उम्मेदवार डा. शेखर कोइराला

‘रामचन्द्रजी उठनुहुन्न, प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैन, शेखर दा’ले मलाई कन्भिन्स गरिहाल्नुहुन्छ'

मंसिर १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. शेखर कोइराला सभापतिको उम्मेदवार हुने संकेत गरेका छन् ।

Muktinath Bank

शेखरले आफूलाई कन्भिन्स गर्ने र अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार सर्लाहीको हरिवनमा कांग्रेसका अगुवा कार्यकर्तालाई गरेको सम्बोधनमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा शेखरलाई समर्थन गर्ने संकेत गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक सभापतिमा लडिसकेको र अर्का आकांक्षी प्रकाशमान सिंहलाई काठमाडौंबाहिर कसैले नचिन्ने टिप्पणी समेत गरे ।

Vianet communication
Laxmi Bank

‘रामचन्द्रजी त एकपटक लडिसक्नुभएको छ, सिटौलाजी पनि हामीसँग आउनुपर्छ, सिटौलाजीसँग धेरै मान्छेको आशा छ । उहाँले हामीसँग सामेल गरेर एउटै उम्मेदवार बनाए शेरबहादुरजी हार्नुहुन्छ,’ कोइरालाले भने, ‘प्रकाशमान सिंहजी, भन्दा नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । बाहिर टेक्नेबित्तिकै चिन्दैनन् मानिसले,’ शशांकले भने ।

पछिल्लो समय प्रकाशमान, शशांक र विमलेन्द्र निधिबीच पटक–पटक छलफल समेत भएको थियो । बीपी, गणेशमान र महेन्द्रनारायण निधिका सुपुत्रहरूबीचको यो छलफलटलाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको थियो ।

तर, आगामी महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने सम्भावना बढेको छ । सभापतिमा उठ्न शेखरले अरूलाई पनि कन्भिन्स गर्नुपर्ने शशांकले बताए ।

‘शेखर दा पनि लागिरहनुभएको छ । उहाँ र हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावनालाई कदर गर्छु, सम्मान गर्छु,’ शशांकले भने, ‘काठमाडौं जानेबित्तिकै कुरा गर्छु, उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले ।’

शशांकले यसो भन्दा कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए । 

शशांकको यो भनाइलाई निकै महत्त्वका साथ हेरिएको छ । कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइरालाले पनि कोइराला परिवारबाट एक जनाले मात्र उम्मेदवारी दिनुपर्ने लबिइङ गरिरहेकी छन् ।

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुँदैछ ।

महामन्त्री कोइरालाले महाधिवेशनपछि नेपाली कांग्रेस अत्यन्त बलियो भएर जाने बताए । ‘हरेक ठाउँमा उत्साह छ, दशौं हजारको संख्यामा मैले पार्टी प्रवेश गराएको छु,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x