२७ जेठ २०८३, बुधबार

रुसको सामना गर्न युक्रेनले किन्यो महाविनाशक हतियार

मंसिर २, २०७८
रुसको सामना गर्न युक्रेनले किन्यो महाविनाशक हतियार

रुसmले युक्रेनको सीमामा हजारौं सैनिकहरू तैनाथ गरेपछि युक्रेन आफ्नो सुरक्षाका लागि तयारी गरिरहेको छ । 

युक्रेनले बेलायतसँग १.७ अर्ब पाउन्डको रक्षा सम्झौता गरेको छ । त्यसअन्तर्गत बेलायतले युक्रेनलाई घातक युद्धपोत उपलब्ध गराउनेछ । 

युक्रेनका परराष्ट्रमन्त्रीले विवादित क्षेत्र क्राइमियाको सीमामा रुस र युक्रेनका सैनिकहरूबीच युद्ध हुन सक्ने बताए । त्यस्तो अवस्थामा नेटो मुलुकहरू पनि युक्रेनको समर्थनमा आउन सक्छन् र तेस्रो विश्वयुद्धको खतरा हुन सक्छ । 

बेलायतसँगको सम्झौतामा युक्रेनले दुईवटा माइन हन्ट, आठवटा मिसाइल शिप र एउटा फ्रिगेट पाउनेछ । जंगी जहाजहरूको हतियार पनि युक्रेनले किनेको छ ।

युक्रेनले फ्रान्स र जर्मनीसँग तयारीको काम शुरू गर्न भनेको छ किनकि सैन्य संघर्ष शुरू भइहाल्न सक्छ । रुससँग युद्ध नगर्ने तर आवश्यकता परेमा आत्मरक्षाबाट पछि नहट्ने युक्रेनको भनाइ छ । 

त्यसअघि रुसले युक्रेन सीमामा सैनिकहरूको तैनाथीबाट कसैले चिन्ता लिनस नपर्ने बताएको थियो । ती सैनिक कसैका लागि पनि खतरा नभएको रुसको कथन छ । 

अमेरिकाले युरोपेली साझेदारहरूलाई रुस सम्भवतः युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको थियो । रुसलाई गम्भीर गल्ती नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्