कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मंसिर २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट (सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) आह्वानमा सहमति जनाए पनि बैठकमा भने सहभागी नभएको खुलेको छ ।
सर्वोच्चमा उपलब्ध अन्य १८ न्यायाधीश बैठकमा उपस्थित रहेका बेला जबरा भने आफ्नै कार्यकक्षमा रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।
फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशको सहभागिता अनिवार्य हुन्छ । तर जबराले बैठकले गरेको निर्णय आफूलाई मान्य हुने र आफूले हस्ताक्षर गरिदिने बताएको स्रोतको दाबी छ ।
'म बस्दा तपाईंहरूलाई अप्ठ्यारो होला, तपाईंहरू निर्णय गरेर ल्याउनुस्, म सही गरिदिन्छु,' प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले लोकान्तरलाई जानकारी दियो ।
गोलाप्रथाबाट पेशी तोक्ने गरी नियमावली र कार्यविधि संशोधनलाई स्वीकृत गर्न फुलकोर्ट बैठक बसेको हो ।
सर्वोच्च अदालत नियमावली संशोधन भएसँगै पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ । फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।
नियमावली संशोधनको मस्यौदा प्रधानन्यायाधीशको सहभागिताविनै न्यायाधीशहरूले तयार पारेका हुन् ।
नियमावली संशोधन भएपछि आफैंले आफ्ना लागि पेशी गोलाबाट तान्ने गरी इजलासमा फर्किने तयारीमा न्यायाधीशहरू छन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...