
शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानहरूमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरूसंग परामर्श तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तक्रिर्या कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरू हरेक दिन जोखिमपुर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् ।
उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
पहिलो चरण अन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरूसंग प्राविधिक अन्तक्रिया गरी उनीहरूको जोखिम बीमा गराई सकेको कम्पनीले जनाएको छ ।
उक्त अन्तर्क्रियामा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।