×

NMB BANK
NIC ASIA

गोलाप्रथा नियमावली पारित

फुलकोर्ट बैठकको दुर्लभ दृश्य : न्यायाधीशहरू माथि गएनन्, राणा तल झरेनन् !

गोला लागू नहुँदासम्म सीमित मुद्दा मात्र हेर्ने, राणासँग इजलास शेयर नगर्ने

मंसिर २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतका १८ न्यायाधीशले सर्वोच्च अदालत नियमावली र त्यसअनुसार बनेको निर्देशिका संशोधनको प्रस्ताव पारित गरेर हस्ताक्षरका लागि प्रधानन्यायाधीशसमक्ष पठाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित नभए पनि न्यायाधीशहरूले नियमावली र निर्देशिका संशोधनको निर्णय गरी त्यसलाई हस्ताक्षरका लागि पठाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले नियमावली र निर्देशिका संशोधन प्रस्ताव पारित गरेर मुख्य रजिस्ट्रारमार्फत उहाँ (प्रधानन्यायाधीश जबरा)कोमा पठाइदिएका छौं,’ एक न्यायाधीशले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीशले हस्ताक्षर गरेपछि राजपत्रमा प्रकाशन गर्नका लागि बाटो खुल्नेछ ।

Vianet communication
Laxmi Bank

प्रधानन्यायाधीशको उपस्थितिविना फुलकोर्ट बस्ने कानूनी व्यवस्था नभएकाले उनको हस्ताक्षर अनिवार्य भएको हो ।

‘नियमावली राजपत्रमा प्रकाशित भएपछि पुनः फुलकोर्ट बैठक बस्छ,’ ती न्यायाधीशले भने, ‘फुलकोर्टले तोकेको मितिबाट गोलाप्रथा लागू गर्ने भन्ने छ ।’

राणाको च्याम्बरमा न्यायाधीश गएनन्, राणा तल आएनन् !

फुलकोर्ट बैठक प्रधानन्याायधीशको कार्यकक्षबाहिर रहेको बैठक कक्षमा बस्ने गरेको थियो ।

तर, बिहीवार न्यायाधीशहरू त्यहाँ नगएर हिजोअस्ति बैठक बस्दै आएको ठाउँ(एनेक्स बिल्डिङको पहिलो तल्ला)मा पुगे ।

न्यायाधीशहरू फरक ठाउँमा बसेपछि राणा भने आफ्नो कार्यकक्षबाट तल झरेनन् ।

‘उहाँले बैठकमा आउँदिनँ भन्नुभएको त हैन,’ ती न्यायाधीशले भने, ‘हामी हिजोअस्ति बैठक बस्दै आएको ठाउँमा बस्यौं, उहाँ आउनुभएन ।’

आजको बैठकमा प्रधानन्यायाधीशबाहेक हाल सर्वोच्चमा उपलब्ध १८ जना न्यायाधीश नै उपस्थित रहेको र सबैको एकमत भएको उनले बताए ।

भोलिबाट आंशिक मात्र मुद्दा हेर्ने, इजलास शेयर नगर्ने

नियमावली संशोधनको प्रस्ताव पारित गरेपनि गोलाप्रथा लागू नहुँदासम्म न्यायाधीशहरू नियमित सुनुवाइमा नफर्कने भएका छन् ।

‘गोलाप्रथा लागू नहुँदासम्म बन्दी, मुद्दा फिर्ता, आदेश र फैसला परिवर्तनलगायत केही मुद्दा मात्र हेर्ने सहमति बनेको छ,’ ती न्यायाधीशले भने, ‘गोलाप्रथा लागू भएपछि मात्र नियमित सुनुवाइमा फर्किने कुरा भएको छ ।’

प्रधानन्यायाधीश जबरासँग बेञ्च शेयर नगर्नेमा पनि न्यायाधीशहरू एकमत छन् ।

‘इजलास शेयर नगर्नेमा पनि एकमत नै छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x