२६ जेठ २०८३, मंगलबार

मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरेपछि कंगना निराश, भनिन्- एकदमै लज्जास्पद

मंसिर ३, २०७८
मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरेपछि कंगना निराश, भनिन्- एकदमै लज्जास्पद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । सरकारको यो घोषणापछि नायिका कंगना रनोट भने निराश छिन् । 

उनले यो एकदमै अनुचित र लज्जास्पद भएको उल्लेख गरेकी छन् । किसानहरू पछिल्लो एक वर्षदेखि यी कृषि कानूनको विरोध गरिरहेका थिए । 

कंगनाले इन्स्टाग्राममा लेखेकी छन्, ‘दुःखद, लज्जास्पद र एकदम अनुचित । यदि संसदले बनाएको सरकारको बदलामा सडकमा मानिसहरूले कानून बनाउन शुरू गरे...त्यसो भए यो पनि एक जिहादी राष्ट्र हो । उनीहरू सबैलाई बधाई जो यस्तो चाहन्थे ।’

कंगनाले सरकारले ल्याएको कृषि कानूनलाई समर्थन गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्