×

NMB BANK
NIC ASIA

अशान्त बन्दै मोरङ कारागार, फेरि कैदीको मृत्यु

मंसिर ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला कारागार मोरङमा १ कैदीको मृत्यु भएको छ ।

Muktinath Bank

जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछि ल्याएका थियौं तर पुनः बिरामी भएपछि अस्पतालमा ७ः३० बजे मृत्यु भयो ।’

Vianet communication
Laxmi Bank

मृतकका परिवारले कारागार प्रशासनले उपचारमा ढिलाइ गरिदिँदा मृत्यु भएको आरोप लगाएका छन् । कारागारका कैदीबन्दीले समेत शर्माको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको बताएका छन् । एक कैदीबन्दीले लोकान्तरसँग भने, ‘शर्माको अवस्था यहाँ नै चिन्ताजनक अवस्थामा थियो तर प्रशासनले एम्बुलेन्स मगाएको भन्दै घण्टा जति यहाँ नै खुला चौरमा राख्यो ।’

कारागार प्रशासनले भने एम्बुलेन्स आउन ढिला भएको जनाएको छ । शर्मा २०७१ सालमा जबरजस्तीकरणी मुद्दाको कैद भुक्तान गरिरहेका थिए । 

कारागारभित्र नै केही दिनअघि जबरजस्तीकरणीमा ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको पनि मृत्यु भएको थियो । थापाका परिवारले हत्या भएको आरोप लगाएका थिए । 

गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर कारागारमा ल्याउने भनेपछि विराटनगर कारागार अशान्त बनिरहेको छ । 

अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय काटिरहेका अभिषेक गिरीलाई तेस्रोपटक मोरङ कारागार पठाउने निर्णय भएको छ । मोरङ कारागारमा केही दिनअघि सरुवापछि कैदीबन्दीले आन्दोलन गरेर सप्तरी पठाइएको थियो । सप्तरीबाट फेरि पनि मोरङ नै पठाउने भन्ने पत्र प्राप्त भएको निमित्त जेलर पोख्रेलले बताए ।

गत कात्तिक १६ गते गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ पठाइएको थियो । कैदीबन्दीले आन्दोलन गर्दै प्रवेश नदिएपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो । कारागार व्यवस्थापन विभागले शुक्रवार गिरीलाई मोरङ नै फर्काउने निर्णय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x