फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष ४४ वर्षीय कमलप्रसाद चौधरी केही वर्षयता व्यावसायिक रैथाने थारु आलु खेती र माछापालन व्यवसाय गर्दै आएका छन् ।
१० वर्षे सशस्त्र जनयुद्ध हुँदै अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएयता उनी सक्रिय राजनीतिसँगै थारु आलु र माछापालनमा लागेका हुन् । जसबाट उनी राम्रो आम्दानी गर्न सफल भएका छन् ।
उनी भन्छन्, ‘म राजनीतिकर्मी हो । हामी जनताको स्वयंसेवक हो । साँझ–बिहान कृषि कर्ममा हुन्छु, दिनभर जनताको काममा । आर्थिक समृद्धिको लागि उत्पादन जरुरी छ ।’
तराईको थारु बस्तीमा उहिलेदेखि रैथाने थारु आलुको खेती हुन्छ । अन्य आलुभन्दा आकारमा सानो तर स्वादिष्ट हुनु थारु आलुको विशेषता हो । कुहिने गुण कम भएका कारण पनि यसको छुट्टै महत्त्व रहेको बताइन्छ तर सानो आकारमा फल्ने र उन्नत जातको आलुको तुलनामा कम फल्ने भएका कारण पछिल्लो समय रैथाने थारु आलुको खेती विस्थापन हुँदै आएको थियो ।
विस्थापित हुँदै आएको थारु आलुको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले वडाध्यक्ष चौधरीले व्यावसायिक रूपमा उत्पादन थालेका छन् । अन्य आलुको तुलनामा बजार मूल्य उच्च हुनु र बजार माग पनि उच्च भएपछि राम्रो कमाइ गर्दै आएको उनी सुनाउँछन् ।
पहिले परम्परागत रूपमा खेती गर्दै आएका उनी ४ वर्षयता व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । १० कट्ठा जमिनमा थारु आलु खेती गर्दै आएका उनी वर्षमा प्रतिसिजन ४० क्वीन्टल बढी आलु उत्पादन गर्छन् भने डेढ लाख रुपैयाँसम्मको कारोबार गर्छन् ।
उनी मात्रै होइन, हाल ५० जनाभन्दा बढी किसानले १० विघा क्षेत्रफलमा व्यावसायिक थारु आलु खेती गर्दै आएका वडाध्यक्ष चौधरीले बताए । त्यसैलाई मध्यनजर गरी कैलारी गाउँपालिकाले ७ नम्बर वडालाई थारु आलु पकेट क्षेत्र नै बनाएको उनी बताउँछन् ।
पकेट क्षेत्रमा उत्पादित आलुबाट १ सिजनमा २० लाख रुपैयाँ बढीको कारोबार हुँदै आएको वडाध्यक्ष चौधरीले बताए ।
उनले भने, ‘व्यावसायिक आलु खेतीले स्थानीयको आर्थिक अवस्था सुधार मात्रै भएको छैन, हाम्रो पहिचानसँग जोडिएको आलुको संरक्षण र प्रबद्र्धन पनि भएको छ ।’
बेमौसमी वर्षाका कारण हाल आलु रोप्ने चटारो लागेको बताउँदै उनले थारु आलुको बिउ प्रतिकिलो ६३ रुपैयाँ र अन्य आलुको बिउ ४५ रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । स्थानीय किसानले थारु आलुसँगै कार्डिनल, टिपिएस, साठालगायत आलुको खेती गर्दै आएका छन् ।
राजनीतिक तनाव दूर गर्न माछापालन
कैलारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष चौधरीले व्यावसायिक आलु खेती मात्रै गरेका छैनन्, उनी व्यावसायिक माछापालन पनि गर्दै आएका छन् । जसबाट उनले मनग्ये फाइदा लिइरहेका छन् ।
आफ्नो १० कट्ठा जमिनलाई पोखरी बनाएर उनले २ वर्षदेखि माछापालन गर्दै आएका छन् । माछापालनले अर्थोपार्जनसँगै आफ्नो तनाव व्यवस्थापनको कार्य समेत गरेको उनी बताउँछन् ।
उनले भने, ‘दिनभर राजनीतिक गतिविधिमा सक्रिय हुन्छु । जनताको काममा हुन्छु । कहिलेकाहीँ निकै तनावमा हुन्छु । तनावमा भएको बेला माछापोखरीमा गएर एकोहोरो माछाहरू नियाल्छु । माछा खेलेको र रमाएको दृश्यले दिनभरको तनाव र थकान बिल्कुलै शान्त हुन्छ ।’
उनी १ सिजनमा २०–३५ क्वीन्टल माछा उत्पादन गर्दै आएका छन् । यसबाट करीब ७ लाख रुपैयाँसम्मको कारोबार हुँदै आएको उनी बताउँछन् ।
उनी अगाडि थप्छन्, ‘यहाँ राजनीतिलाई कमाइ गर्ने भाडो बनाइएको छ, पेशा बनाइएको छ, राजनीतिलाई नै विकृत बनाइएको छ । जसको सुधारको एउटै विकल्प हामीले उत्पादनमा जोड दिनुपर्छ । हामीले नै समाजमा गरेर देखाउने हो । अनि मात्रै परिवार, समाज र देश समृद्धिको दिशातिर जान्छ ।’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...