माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
मंसिर ४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर धर्नामा बसिरहेको नेपाल बार एशोसियसनले आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
बारको शुक्रवार बसेको बैठकले थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै देशभरका बार एकाइहरूलाई पत्राचार गरेको हो ।
कार्यक्रमअनुसार आइतवार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने, मंसिर ६ गते देशभरका अदालतहरूमा बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र विरोध सभा गर्ने, केन्द्रीय संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र दर्ता गराउने, ७ गते हदम्याद गुज्रने अवस्थाको अन्तिम म्याद बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहसनोट केही पनि दर्ता नगर्ने, ८ गते देशका १८ वटा उच्च अदालत तथा उच्च अदालत रहेका स्थानमा तत् तत् क्षेत्राधिकारभित्रका कानून व्यवसायीहरूको सहभागितामा वृहत विरोधसभा आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यस्तै ९ र १० गते काठमाडौं उपत्यकाका सबै बार एकाईका सदस्यहरूको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध तथा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।
साथै २४ देखि २६ गतेसम्म पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन हाललाई स्थगित गरिएको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...