×

Dabur
MG

रानीपोखरी र धरहरालाई अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा नीलो प्रकाशले प्रज्वलित पारियो

मंसिर ५, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा नेपालका ऐतिहासिक धरोहरहरू रानीपोखरी र धरहरालाई शनिवार निलो प्रकाशले प्रज्वलित गरिएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धि पारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो ।

yONNEX
Sagarmatha Cement

यस वर्ष युनिसेफ सरकार, विकासका साझेदार संस्थाहरू, नागरिक समाज, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायहरूलाई कोभिड महामारी पश्चाको समयलाई दृष्टिगत गर्दै सम्पूर्ण बालबालिकाको निम्ति असल समाज निर्माणको परिकल्पनामा ऐक्यबद्ध हुन आव्हान गर्दछ । उहाँहरूका प्रतिबद्धताहरू व्यवहारमा पनि रुपान्तरित होस् भन्नका लागि युनिसेफ सरकार र सबै सरोकारवालाहरूलाई बालबालिका र युवाहरूको जीवन र भविष्यमा प्रभाव पार्ने निर्णय लिँदा उनीहरूको विचारको पनि सम्मान गर्न आव्हान गर्दछ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND


Advertisment
Kumari
Saurya island
Pardeshi

हामी आज यस्तो अवस्थामा यो दिवस मनाइरहेका छौं, जब कोभिड महामारी र जलवायु परिवर्तनले बालबालिका र युवाहरूको जीवनमा कसरी असर पारिरहेको छ भनेर अझ छर्लङ्ग भइरहेको छ । कोभिडको महामारी सुरुभएसँगै बालबालिका भएका परिवारहरूमा कस्तो असर परेको छ भन्ने जान्न युनिसेफले सुरु गरेको बालबालिका र परिवार सर्वेक्षणले, आधाभन्दा धेरै उत्तरदाताहरूले आम्दानी र जिविकोपार्जनमा ठूलो ह्रास आएको बताएका थिए । आम्दानीमा आएको कमी र बन्दाबन्दीको दोहोरो मारमा बालबालिका परेको देखिएको छ जस्तै पोषणयुक्त खानाको पहुँच, स्वास्थ्य सुविधा र शिक्षामा नकारात्मक असर। महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा वृद्धि भएको छ । महामारीले निम्त्याएको चिन्ता र दबाबले बालबालिका र महिलामाथि हुने हिंसामा वृद्धि भएको छ भने पहिलेको तुलनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पनि बढेका छन् ।

Vianet communication
Laxmi Bank

“कोभिड महामारीले नेपालका बालबालिका विशेषगरी सबैभन्दा जोखिममा रहेका र सिमान्तकृत समुदायका बालबालिकाको जनजीवनमा ठूलो असर पारेको छ,” युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले भन्नुभयो । “संसार कोभिडको महामारीबाट मुक्त हुँदै गर्दा र जलवायु परिवर्तनले ल्याएका साझा चुनौतिहरूको सामना गर्दै गर्दा, सम्पूर्ण बालबालिकाको लागि असल भविष्यका लागि हामी सबैले हातेमालो गर्दै काम गर्नु आवश्यक छ ।  बालबालिका र युवाहरूको विचारको सुनुवाई नेपालको समृद्ध विश्वको परिकलपनाको केन्द्रबिन्दु हुनुपर्दछ ।”

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

४४औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरे...

असोज १०, २०८०

नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर कार्यालयमा गैरहाजिर भइ लामो समयदेखि सम्पर्कविहीन भएका छन् । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै हाजिर हुन आउन सात दिने सूचना निकालेको छ ।  डा केशव श्रेष्ठ र डा ब...

असोज १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज  चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् ।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाक...

असोज १०, २०८०

पोर्चुगलमा रहेको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका रोबट लिम्बू यतिबेला युरोपका विभिन्न देशको भ्रमणमा छन्।  आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुन गइरहेको &...

असोज १०, २०८०

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तर्राष्ट्रियस्तरको पुस्तक नम्बर(आईएसबीएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै प्राप्त भएको जनाइ...

असोज १०, २०८०

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x