बैशाख २३, २०७९
बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो । ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...
भारतको शिरोमणि अकाली दलका नेता तथा दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिका अध्यक्ष मनजिन्दर सिंह सिरसाले बलिउड अभिनेत्री कंगना रनावतलाई कि जेल, कि मानसिक अस्पताल पठाउन माग गरेका छन् ।
‘कंगनाको बयानले उनको तल्लो मानसिकतालाई झल्काउँछ । खालिस्तानी आतंकवादीहरूका कारण तीन कृषि कानूनहरू फिर्ता लिइएको भन्नु किसानहरूप्रतिको असम्मान हो । उनी घृणाकी कारखाना हुन्,’ सिरसाले बयान जारी गरेर बताए ।
समितिले शनिवार कंगनाविरुद्ध प्रहरीसमक्ष उजुरी समेत दर्ता गरेको छ । इन्स्टाग्राममा सिख समुदायका विरुद्ध अपमानजनक भाषा उपयोग गरेको आरोप उजुरीमा लगाइएको छ । उक्त उजुरी मन्दिर मार्ग प्रहरी चौकीको साइबर सेलमा दर्ता गरिएको हो ।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा कंगनाले जानाजान किसानहरूको विरोध प्रदर्शनलाई खालिस्तानी आन्दोलनका रूपमा चित्रित गरेको समितिको आरोप छ ।
आफ्नो इन्स्टाग्राम पोस्टमा कंगनाले लेखेकी थिइन्, ‘खालिस्तानी आतंकवादीहरूले सरकारलाई कानून फिर्ता लिन बाध्य बनाए । तर नबिर्सौं, एक महिला, भारतकी एक मात्र महिला प्रधानमन्त्रीले यिनीहरूलाई दबाएकी थिइन् । उनले यस मुलुकलाई जति कष्ट दिएको भए पनि उनीहरूलाई उनले लामखुट्टेलाई झैं किचिपिची पारेकी थिइन् र आफ्नो ज्यान समेत गुमाएकी थिइन् । तर उनले देश टुक्य्राउन दिइनन् । उनको मृत्यु भएको दशकौं बितिसकेको भए पनि यिनीहरू अहिलेसम्म उनको नाम सुन्दा काँप्छन् । यिनीहरूलाई त्यस्तै गुरु चाहिन्छ ।’
बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो । ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...
बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ यतिखेर हिरोपन्ती २ को प्रोमोशनमा व्यस्त छन् । बहुप्रतीक्षित चलचित्र हिरोपन्ती २ २०१४ मा रिलिज भएको रोमान्टिक एक्सन फिल्मको सिक्वेल हो । चलचित्रमा नवाजुद्दीन सिद्द...
भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधवार साँझ राजधा...
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ । आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । स...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...