असार २३, २०७९
‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए । श्रेष्ठले विप्लवलाई अंकमाल गरेर स्वागत गरेका थिए ।
माओवादी केन्द्रसँग एकता गर्न पनि सकिने अभिव्यक्ति दिएपछि विप्लवले माओवादीका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
शुरूमा कार्यगत एकता गर्ने र पछि पार्टी एकता हुन सक्ने विप्लवले बताउँदै आएका छन् । पार्टी एकताको लागि माओवादी केन्द्रले कार्यशैलीमा सुधार गर्न आवश्यक भएको विप्लवले बताउने गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको सार्वजनिक अभिव्यक्ति दिदैं आएका छन् ।
तर, आजको भेटवार्तामा भने पार्टीको एकताको विषयमा कुरा नभएको श्रेष्ठले लोकान्तरसँग बताए ।
उनले भने, ‘सार्वजनिक भएपछि उहाँ र मेरो व्यक्तिगत रूपमा भेट भएको थिएन । कम्युनिष्ट क्रान्तिकारीहरूको बीचमा आन्दोलनको बारेमा छलफल हुनु स्वाभाविक भयो । हामीले मुख्यगरी तीन विषयमा छलफल गर्याैं ।’
दुई नेताको भेटमा कम्युनिष्ट पार्टीहरूको वैचारिक स्पष्टताको विषयमा अध्ययन, अनुसन्धान, छलफल, बहस चलाउने बारेमा छलफल भएको श्रेष्ठले बताए ।
‘नेपाली क्रान्तिलाई र समाजवादलाई केन्द्रबिन्दुमा राखेर वैचारिक स्पष्टता र विकासको निम्ति कम्युनिष्ट आन्दोलनभित्रका सबै शक्तिहरूको बीचमा अध्ययन, अनुसन्धान, छलफल, बहस गरेर विचारको स्पष्टता र विकासको निम्ति काम गर्नुपर्यो भन्ने बारेमा छलफल भयो’, श्रेष्ठले भने ।
त्यसैगरी, देश र जनताको तात्कालिक मुद्दा र राजनीतिक विषयहरूमा सकरात्मक हस्तक्षेप गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि भेटमा छलफल भएको श्रेष्ठले बताए ।
‘राजनीतिक विषयहरूमा सकरात्मक हस्तक्षेप गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको बीचमा सहकार्य, कार्यगत एकता गर्न, नीतिगत रूपमा सहकार्य गरेर जान सकिन्छ भन्ने बारेमा हाम्रो छलफल भयो’, उनले भने ।
त्यसैगरी भेटको अवसरमा विप्लव नेतृत्वको नेकपाले सरकारसँग गरेको सम्झौता कार्यन्वयन नभएको र त्यसलाई कार्यान्वयनका लागि माओवादी केन्द्रको तर्फबाट पहल गरिदिनका लागि पनि विप्लवले भनेको श्रेष्ठले बताए ।
‘तपाईंहरू पनि सरकारसँग कुरा गर्नुस्, हामी पनि पहल गर्छौं भनेको छु’, श्रेष्ठले भने ।
‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको ...
बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान शुरू भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान शुरू गरिए...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समयमै घोषणापत्र बनाउने बताएका छन् । त्यसका लागि हेडक्वार्टरमा सुझाव दिन उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई आग्रह समेत गर...
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गरेको छ । झलनाथ खनाल नेतृत्वको तत्कालीन एम...
निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ...
कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण देखिएको हो । मंगलवार मात्र ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संग...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...