×

NMB BANK
NIC ASIA

खुम्चिँदो जनवाद

महाधिवेशन आउन ४ दिन छँदा एमाले नेताहरूको हालत– न उम्मेदवारी घोषणा गर्न सक्ने, न खुलेर प्रचार !

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन हुन ठ्याक्कै चार दिन बाँकी छ । 

Muktinath Bank

मंसिर १० मा चितवनमा नारायणी नदीको किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन विधिवत उद्घाटन गर्ने तयारीमा एमालेका नेता कार्यकर्ता जोडतोडले जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि चुनिएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको एउटै काम हो, पार्टीको नेतृत्व निर्वाचित गर्ने ।


Advertisment
Nabil box
Kumari

एमालेले विचार र विधान टुंगो लगाउनका लागि असोजको १५–१७ मा विधान महाधिवेशन आयोजना सम्पन्न गरिसकेको छ । दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि सोझै नेतृत्व चयनको काम शुरू हुन्छ ।   

Vianet communication
Laxmi Bank

तर, इतिहासमै पहिलोपटक एमालेमा राष्ट्रिय महाधिवेशन उद्घाटनको संघारमा पुग्दा पनि आफ्नो उम्मेदवारीको विषयलाई लिएर पार्टीभित्र सन्नाटा छाएजस्तो देखिन्छ । 

पार्टीको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीमा पुग्न चाहने व्यक्तिहरूले महाधिवेशन शुरू हुन चार दिन मात्रै समय बाँकी हुँदा पनि न त उम्मेदवारी घोषणा गर्न सकेका छन्, न खुलेर आफ्नो प्रचारमा नै लाग्न सकेका छन् । 

भलै, एमाले उपाध्यक्ष भीम रावलले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा एमालेको अध्यक्षको उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । 

एमालेमा महासचिवको दाबी गरेका विष्णु पौडेल र शंकर पोखरेलका सहयोगीहरूले ब्यानर बनाएर प्रचार गरिरहेका छन् ।

त्यसबाहेक केही सीमित नेताहरूले मिडियालाई अन्तर्वार्ता दिएर आफूले चाहेको पदमा दाबेदारी प्रस्तुत गरेका छन्, तर उक्त पदमा तीव्र प्रचारमा भने उनीहरू देखिएका छैनन् । 

एमालेका केही नेताहरूले आन्तरिकरूपमा भेटघाट र छलफल गरिरहेका छन् । तर, सार्वजनिक रूपमा उम्मेदवारी भने घोषणा गर्न सकेका छैनन् । 

एमालेले गत कात्तिकमा गरेको वडा र पालिका तहको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । 

त्यसबाहेक कात्तिक २७ मा भएको महाधिवेशन प्रतिनिधि चयनमा पनि ओलीले सर्वसम्मतिको विधि अपनाउन निर्देशन दिएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विभाजन र एमाले पनि टुक्रिएपछिको पहिलो राष्ट्रिय महाधिवेशन एमालेले आयोजना गर्दैछ ।

विभाजनपछिको महाधिवेशन भएकाले ओली पार्टीभित्र कुनै समस्या नरहेको देखाउने प्रयासमा छन् । त्यसका लागि उनले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन् । 

अर्कातर्फ, एमालेमा अहिले परम्परागत गुट छैन । अध्यक्ष ओली नै सर्वेसर्वा छन् । गुटगत रूपमा डिमान्ड राख्ने अवस्था पनि छैन । एमालेबाट टुक्रिएर गएको समूहलाई साथ नदिएर एमालेमै रहेका तत्कालीन माधव नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य पनि अहिले भावनात्मक रूपमा एक छैनन् ।

बरू उनीहरू अध्यक्षलाई ‘राजी’ गराएर अध्यक्षको निर्णय आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 

महाधिवेशनको सम्मुखमा पनि एमालेका नेताहरू आगामी केन्द्रीय कमिटीमा कुन पदमा रहेर काम गर्ने भन्ने अनुमान गर्ने अवस्थामा समेत छैनन् । योजना मनमा छ, तर व्यक्त गर्न सकिरहेका छैनन् । 

पहिले संस्थापनइतर खेमामा रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेताहरू आफ्नो रूचि सार्वजनिक गर्ने पक्षमा छैनन् । जसले पदीय रूचि सार्वजनिक गर्‍यो त्यो महाधिवेशनमा सहमति बिथोल्ने प्रयास गरेको आरोप लाग्न सक्छ । त्यसैले अहिल्यै कोही पनि उम्मेदवारी घोषणा गर्ने पक्षमा छैन ।’

कसको उम्मेदवारी कुन पदमा हुने भन्ने उद्घाटन सत्र सकिएपछि मात्रै टुंगो लाग्न सक्ने ती नेता बताउँछन् । 

नेताहरू स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेभन्दा पनि आफूप्रति अध्यक्ष ओलीको बुझाइ जान्ने प्रयासमा रहेको ती नेताले बताए । पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीमा आउन चाहने सबैजसो नेताहरूले अध्यक्ष ओलीलाई भेटेर आफ्नो कुरा एक चरणमा राखिसकेको ती नेताको दाबी छ । 

‘केन्द्रीय कमिटी र पदाधिकारीमा आउन चाहने सबैजसो नेताहरूले अध्यक्षलाई भेटेर आफ्ना कुरा राखेका छन् । अब उनीहरू अध्यक्षको प्रतिक्रिया पर्खेर बसेका छन्’, एक केन्द्रीय सदस्यले भने । 

महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार हुन चाहने नेताहरू पनि प्रनितिधिहरूलाई फोन गरेर चितवनमा भेटौंला है त मात्रै भनेर बिदाबारी हुने गरेका छन् । 

धेरैजसो नेताहरूले आफ्नो प्रचारका लागि सामाजिक सञ्जालमा आफ्नो फोटो पोस्ट गर्दै महाधिवेशन प्रतिनिधि चयन भएकाहरूलाई बधाई दिने गरेका छन् । 

त्यसबाहेक, आफूले विभिन्न सन्दर्भमा गरेको महत्त्वपूर्ण भाषणको भिडियो क्लिप पनि सोसल मिडियामा शेयर गरेर उपस्थिति देखाउने गरेका छन् । 

प्रचारका लागि किन यस्तो अप्रत्यक्ष शैली अपनाएको भन्ने प्रश्नमा एमालेका एक केन्द्रीय सदस्यले भने, ‘चुनाव हुँदा कुन पदमा उम्मेदवारी दिने आफ्नो मनमा छ । अहिले नै सार्वजनिक गरिहाल्ने अवस्था छैन । चुनाव हुँदा कम्तिमा यो व्यक्तिलाई चाहिँ भोट हाल्नुपर्छ भन्ने पारिराख्नु त पर्‍यो नि !’

एमालेको महाधिवेशनमा पदाधिकारी तहमा सर्वसम्मति भएपनि खुल्ला केन्द्रीय सदस्यमा भने चुनावै हुनसक्ने धेरैको विश्लेषण छ । ‘केन्द्रीय सदस्यको आकांक्षी धेरै छन् । उनीहरूको व्यवस्थापन महत्त्वपूर्ण विषय हो । नेताहरूले सबैको चित्त बुझाउन सक्ने अवस्था नहुँदा चुनिएर आउने ठाउँ खोलिदिनुपर्छ’, केन्द्रीय सदस्य दोहोरिने योजनामा रहेका एक नेताले भने । 

संस्थापननिकट नेताहरू भने एमालेलाई आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने र देशको नेतृत्व गर्ने पार्टी बनाउनुपर्ने भएकाले पार्टीमा आफ्नो भूमिकाको खोजी नगरी पार्टीलाई मजबुद बनाउने काम गरिरहेको दाबी गर्छन् । ​

 


 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x