×

NMB BANK
NIC ASIA

भूराजनीतिक मुद्दा बनेकी एक टेनिस खेलाडी

चीन–पश्चिम आमनेसामने भएको पङ श्वाई प्रकरण: वेबोको एक पोस्टले निम्त्याएको हलचलको नालीबेली

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनकी प्रख्यात टेनिस खेलाडी पङ श्वाई बेपत्ता भएको तथा विश्वभरि चासो व्यक्त गरिएपछि सार्वजनिक भएको प्रकरणले पश्चिम तथा चीनको कटु सम्बन्धलाई उजागर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पङले देशका पूर्व उपप्रधानमन्त्री चाङ गाओलीमाथि यौन शोषणको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल वेबोमा २० दिनअघि पोस्ट गरेकी थिइन् । चाङले आफूमाथि यौनसम्पर्कका लागि दबाब दिएको भनी पङले आरोप लगाएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोस्ट गरेको आधा घन्टामा उनको पोस्ट डिलिट गरिएको थियो । त्यसपछि उनी सार्वजनिक स्थानमा देखिइनन् ।


Advertisment
Nabil box
Kumari

महिला डबल्समा कुनै समयमा नम्बर एक खेलाडी रहेकी पङले सन् २०१३ को विम्बल्डन र सन् २०१४ को फ्रेन्च ओपन जितेकी थिइन् । उनले तीनपटक ओलम्पिकमा समेत भाग लिएकी थिइन् । 

Vianet communication
Laxmi Bank

यस्तो राम्रो प्रोफाइल बनाएकी पङले शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष अधिकारीमाथि सनसनीपूर्ण आरोप लगाएर गायब भएपछि विमेन्स टेनिस एसोसिएसन (डब्ल्यूटीए) तथा दिग्गज टेनिस खेलाडीहरूले उनको स्थिति सार्वजनिक गर्न चीन सरकारलाई दबाब दिएका थिए । दबाबका कारण सरकार आत्तिएको अनुभव भयो किनकि सरकारी सञ्चारमाध्यमले उनको स्थितिका बारेमा दिएको खबरमा विश्वास गर्न गाह्रो परेको थियो । 

बुधवार साँझ चीनको सरकारी टेलिभिजन सीजीटीएनले आफ्नो ट्विटर अकाउन्टमा पङले डब्ल्यूटीएलाई पठाएको भनिएको ईमेल सार्वजनिक गरेको थियो । उक्त ईमेलमा पङले आफू सहीसलमात रहेको र आराम गरिरहेको लेखिन् । 

पङले आफ्नो पोस्टमा चाङ गाओलीले घरमा लगेर जबर्जस्ती यौनसम्पर्क राख्न लगाएको र चाङकी पत्नीले पनि त्यसमा सहमति जनाएको आरोप लगाएकी थिइन् । चाङ जस्ता शीर्ष नेतामाथिको आरोपले पार्टीकै बदनामी हुने भएकाले त्यसलाई आधा घन्टामै हटाइएको थियो । 

तर उक्त ईमेललाई कसैले पनि विश्वास गर्न सकेनन् किनकि त्यो स्क्रीनशट जस्तो देखिन्थ्यो र त्यसमा होभर गरिरहेको कर्सर पनि देखिएको थियो । अर्थात्, पङ आफैंले ईमेल नलेखेको भई उनको नामबाट अरू कसैले लेखिदिएको हो कि मानिसहरूले शंका गर्ने मौका पाएका थिए । 

चीनका ससाना गल्तीमा पनि अरिंगाल झैं खनिने पश्चिमले आलोचनाको यस्तो अवसर किन छोड्थ्यो ? त्यसपछि पङको भौतिक उपस्थिति सार्वजनिक गर्नका लागि डब्ल्यूटीएदेखि लिएर ह्युमन राइट्स वाचसम्मले चीन सरकारलाई आग्रह गरे । 

डब्ल्यूटीएका प्रमुख स्टिभ साइमनले यो ईमेल नाटकीय बयान भएको बताए । पङको सुरक्षाको प्रत्याभूति नगरिएमा र उनले लगाएको आरोपको अनुसन्धान नगरिएमा चीनसँग सबै किसिमको सम्बन्ध अन्त्य गर्ने धम्की पनि साइमनले दिए । 

ट्विटरमा ह्याशट्याग ह्वेरइजपङश्वाई ट्रेन्डिङमा आयो । ईमेल प्रकरण सम्हाल्न ढंग नपुर्‍याइएकाले चीनलाई समर्थन गर्नेहरूले समेत ईमेलको प्रतिरक्षा गर्न मानेनन् ।

शुरूमा यसरी भूल गरेपछि चीनका सञ्चार अधिकारीहरूले पङको अवस्थाका बारेमा अनेकौं प्रमाण दिनुपरेको थियो । त्यसै क्रममा चिनियाँ सञ्चारमाध्यमहरूले शनिवार एउटा भिडियो जारी गरेका थिए । त्यसमा पङ एउटा रेस्टुराँमा आफ्ना प्रशिक्षक तथा साथीहरूसँग बसेर खाना खाँदै कुरा गरिरेको अनि मुस्कुराइरहेको देखिन्थिन् । 

त्यस्तै पङको वीच्याट अकाउन्टमा उनका ताजा तस्वीरहरूलाई पनि चिनियाँ सञ्चारकर्मीहरूले सार्वजनिक गरेका थिए । ती तस्वीरहरूमा पङले सुखद सप्ताहान्त भनी क्याप्सन लेखेकी थिइन् र मुस्कुराइरहेकी देखिन्थिन् । 

त्यसको भोलिपल्ट आइतवार पङ बेइजिङमा आयोजित किशोरहरूको टेनिस म्याचको फाइनल खेलको शुभारम्भ समारोहमा सहभागी बनेको देखिएको थियो । समारोहमा उपस्थित गण्यमान्यहरूको परिचय दिँदै घोषणा गरिँदा पङको नाम पनि लिइएको थियो र उनले मुस्काउँदै दर्शकहरूतिर हेरेर हात हल्लाएकी थिइन् । 

त्यही समारोहमा पङले किशोर खेलाडीहरूलाई अटोग्राफ दिएको भिडियो पनि सार्वजनिक गरिएको थियो । त्यसमा पङ खुशी नै देखिन्थिन् र उनी जबर्जस्ती मुस्काएको जस्तो आभास हुँदैनथियो । 

तर यतिले पनि विरोधीहरूको चित्त बुझिरहेको थिएन । उनीहरू पङ दबाबमा रही सार्वजनिक स्थानमा देखिएको एकोहोरो रटान लगाइरहेका थिए । डब्ल्यूटीएले पूर्णतः राजनीतिक पूर्वाग्रह राख्दै चीन सरकारमाथि आक्रमण जारी राखेको थियो । 

तर इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष टमस बाखले आइतवार पङसँग भिडियो कलमार्फत कुराकानी गरेपछि चाहिँ आलोचकहरूको मुख थुनिएको छ । बाखसँगै ओलम्पिक अधिकारी एम्मा टेर्हो र चीनमा ओलम्पिक कमिटीकी सदस्य ली लिङवेले पनि पङसँग भिडियो वार्ता गरेका थिए । 

ओलम्पिक्स डट् कममा प्रकाशित विवरणअनुसार, पङले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई आफ्नो बारेमा खोजखबर गरेकोमा धन्यवाद दिइन् । आफू बेइजिङस्थित घरमा सुरक्षित र सही अवस्थामा रहेको जानकारी दिँदै उनले आफ्नो निजतालाई सुरक्षित राख्न आग्रह गरिन् । अहिले इष्टमित्र र परिवारसँग समय बिताउन चाहेको र आफ्नो प्रिय खेल टेनिसमा संलग्न भइरहने उनले जानकारी दिइन् । 

अध्यक्ष बाखले जनवरी महिनामा बेइजिङ आएपछि पङसँग डिनर गर्ने प्रस्ताव गरे । पङले त्यसलाई स्वीकार गरिन् । पङसँगको कुराकानीमा उनी खुशी नै थिइन् भन्ने लागेको बाखले जानकारी दिए । 

पङलाई निरंकुश चिनियाँ सरकारले बन्दी बनाएर राखेको र चिनियाँ कम्युनिस्ट पार्टी खराब संगठन हो भन्ने भाष्य स्थापित गर्न मरिमेटेर लागिपरेकाहरूलाई पङ र बाखको यो भिडियो वार्ताले हिस्स बूढी, हरिया दाँत बनाइदियो । बेइजिङले आयोजना गर्न लागेको शीतकालीन ओलम्पिकलाई विफल पार्नका लागि उद्यत पश्चिमले पङको विषय उचालेर चीनलाई एक्ल्याउन सकिन्छ भनी दाउ खेलेको थियो । 

चीनसँग भूराजनीतिक प्रतिस्पर्धा गरिरहेको अमेरिकाले शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्न सकिने बताएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले त्यसको संकेत गरेका हुन् । पङको स्थितिका बारेमा स्वतन्त्र र पुष्टि गर्न सकिने प्रमाण उपलब्ध गराउन बाइडनले चीनसमक्ष माग राखेका थिए ।

यस प्रकरणलाई मसिनो गरी अध्ययन गर्दा पश्चिमले पङको स्थितिका विषयमा गम्भीरतापूर्वक चिन्ता जाहेर गर्ने भन्दा पनि पङलाई आफ्नो भूराजनीतिक अभीष्टप्राप्तिको गोटी बनाएर चीनको आलोचना गर्ने बहाना पाएको थियो भन्न सकिन्छ । त्यसक्रममा टेनिस खेलाडीहरूको संस्था डब्ल्यूटीए पनि राजनीतिमा गहिरो गरी मुछियो । तर राजनीतिक तटस्थता कायम गर्ने आईओसीले सत्यतथ्य बाहिर ल्याउनका लागि भूमिका खेलेको छ ।

तर आलोचकहरूले आईओसी पनि चीनको मतियार बनेको र चीनले उसलाई राजनीतिक रूपमा आफ्नो पक्षमा पारेको आरोप लगाए । आलोचकहरूले चीनका बारेमा बनाएको नकारात्मक पूर्वधारणालाई आईओसीले भत्काइदिएकाले उनीहरूले आईओसीलाई समेत विभिन्न आरोप लगाएका हुन् । 

सन् २०१३ देखि २०१८ सम्म सीको पहिलो कार्यकालमा उपप्रधानमन्त्री रहेका चाङलाई शक्तिसञ्चय गरी आफूविरुद्ध नलाग्नलाई पङमार्फत सीले प्रहार गरेको उनीहरूको भनाइ छ । आफूमा शक्ति केन्द्रित गरिरहेका सीले आफ्ना सबै विरोधी तथा सम्भावित जोखिमहरूलाई पन्छाइरहेकोमा चाङलाई पनि त्यसरी नै सफाया गर्न खोजेको आरोप आलोचकहरूले लगाएका छन् । 

त्यसो त यस प्रकरणले चीनमा मीटू अभियानले सफलता नपाएको दुःखद पक्षलाई पनि उजागर गरेको छ । पङले आफ्नो पोस्टमा चाङ गाओलीले घरमा लगेर जबर्जस्ती यौनसम्पर्क राख्न लगाएको र चाङकी पत्नीले पनि त्यसमा सहमति जनाएको आरोप लगाएकी थिइन् । चाङ जस्ता शीर्ष नेतामाथिको आरोपले पार्टीकै बदनामी हुने भएकाले त्यसलाई आधा घन्टामै हटाइएको थियो । 

तर यसरी आरोप सार्वजनिक गरिनुमा राजनीतिक कारण रहेको आशंका पनि गरिएको छ । त्साई सिया र सुमेरियन छद्म नाम भएका ट्विटर प्रयोगकर्ताहरूले राष्ट्रपति सी चिनपिङकै निर्देशनमा चाङमाथि पङको आरोप आएको दाबी गरेका छन् । 

सन् २०१३ देखि २०१८ सम्म सीको पहिलो कार्यकालमा उपप्रधानमन्त्री रहेका चाङलाई शक्तिसञ्चय गरी आफूविरुद्ध नलाग्नलाई पङमार्फत सीले प्रहार गरेको उनीहरूको भनाइ छ । आफूमा शक्ति केन्द्रित गरिरहेका सीले आफ्ना सबै विरोधी तथा सम्भावित जोखिमहरूलाई पन्छाइरहेकोमा चाङलाई पनि त्यसरी नै सफाया गर्न खोजेको आरोप आलोचकहरूले लगाएका छन् । 

यी आरोपहरू कत्तिको सत्य हुन् भन्ने कुरा पुष्टि गर्न गाह्रो छ । तर यसमा सत्यता रहेछ भने पश्चिमले राजनीतिक रिसइबी साँध्न पङलाई गोटी बनाए जस्तै सीले राजनीतिक अभीष्ट पूरा गर्न पङलाई उपयोग गरेको ठहरिन्छ । पितृसत्तात्मक समाजमा महिला यसरी नै पुरुषको गोटी बनिरहेको कटुयथार्थलाई पनि यस प्रकरणले उजागर गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x