×

NMB BANK
NIC ASIA

देउवा सरकार गठन भएको ४ महिनासम्म सार्वजनिक भएन मन्त्रीहरूको सम्पत्ति विवरण

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति हालसम्म सरकारले सार्वजनिक गरेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवा नेतृत्वमा सरकार गठन भएको ४ महिनाभन्दा बढी भइसकेको भए पनि हालसम्म सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक हुने बताए ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्रीसहित सबै मन्त्रीज्यूहरूले आ–आफ्नो सम्पत्ति विवरण हाम्रो मन्त्रालयको बैठक शाखामा बुझाइसक्नुभएको छ,’ राउतले लोकान्तरसँग भने, ‘तर त्यो विवरण मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सार्वजनिक हुन्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषद् बैठकबाट हालसम्म सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय नै नभएकाले सार्वजनिक हुन नसकेको उनले बताए ।

प्रवक्ता राउतले सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीसहित ७ मन्त्री र १ राज्यमन्त्रीले मात्र सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।

वेबसाइटमा उल्लेख भएअनुसार प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मात्र विवरण बुझाएको उल्लेख छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार भ्रष्टाचार निवारण ऐनको प्रावधानले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । ‘सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सावर्जनिक गर्नुपर्छ,’ शर्माले भने, त्यसबाहेक प्रत्येक आर्थिक वर्ष शुरू भएको ६० दिनभित्र पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।’

सरकारी कर्मचारीको हकमा सम्पत्ति विवरण समयभित्र सार्वजनिक नगर्दा ५ हजार रूपैयाँ जरिवाना गर्ने गरिन्छ । ‘प्रत्येक वर्ष धेरैजसो कर्मचारीलाई ५ हजार रुपैयाँ सहितको जरिवाना गरिएको व्यहोरा निजामति किताबखानामा पत्र पठाइन्छ,’ शर्माले लोकान्तरसँग भने, ‘तर मन्त्रीहरूको हकमा पछिल्लो केही वर्षमा कारवाही भएको कुरा मेरो ज्ञानमा छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x