×

NMB BANK
NIC ASIA

'बूढो कांग्रेस'मा पलाएका पालुवा

७६ वर्षकाले सभापति ताकेको कांग्रेसमा छानिएका नाति पुस्ताका प्रतिनिधिले देखेको भविष्य

मंसिर ६, २०७८

NTC
Sarbottam
तस्वीरमा बायाँबाट क्रमश: पूजा, बिन्दा र उषा
Premier Steels
Marvel

७६ वर्ष पुग्न लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट सभापतिमा दोहोरिने आकांक्षा राखेका छन् ।

Muktinath Bank

आफ्नै समूहबाट विमलेन्द्र निधिले नेतृत्वमा दाबी गरिरहँदा देउवाले कार्यकाल लम्ब्याउन चाहेका छन् । यदि देउवा सभापति निर्वाचित भए र अहिलेजस्तै कार्यकाल लम्ब्याए भने उनी ८२ वर्षसम्म कांग्रेसमा नेतृत्व ओगटिरहने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसमा ‘पुस्तान्तरण होइन, रुपान्तरण’ जरुरी रहेको बताउने वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ वर्षमा प्रवेश गरे । संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बन्न पाएमा नेतृत्वको लागि उनी दाउ कुरेर बसेका छन् । कथंकदाचित उनी सभापति बन्ने अवस्था भयो र कार्यकाल पूरा गर्न पाए भने त्यो बेला रामचन्द्रको उमेर चौरासी पूजा गर्ने हाराहारीमा पुगिसकेको हुनेछ ।


Advertisment
Nabil box
Kumari

देउवा र पौडेल मात्र होइन सभापतिका लागि दाबी गरेका डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि सबै ६५ कटेका छन् । ५८ या ६० वर्षपछि मानिसले सक्रिय ढंगले काम गर्न सक्दैन भनेर अधिकांश सरकारी सेवामा जागिरको उमेर हद ६० वर्ष कायम गरिएको हुन्छ । स्वयं देउवा नेतृत्वको सरकारले वृद्धभत्ताको उमेर हद ६५ वर्ष कायम गर्न २०७४ सालमा प्रस्ताव गरेको थियो । तर सो निर्णय मन्त्रिपरिषद्बाट पारित नभई राजनीतिक प्रोपागाण्डाका रूपमा मात्र प्रयोग गरिएको पछि खुल्यो ।

Vianet communication
Laxmi Bank

कांग्रेसभित्र ६० कटेका ‘युवा नेता’ कहलिन्छन् । कांग्रेसमा विद्यार्थी संगठनको अध्यक्ष ५० र तरुण दलको संघको अध्यक्ष ६० को नजिकका हुन्छन् । त्यही बूढो कांग्रेसको १४ औं महाधिवेशनमा नाति/नातिना पुस्ताको जबरजस्त आगमन भएको छ । जिल्ला जिल्लामा छानिएका महाधिवेशन प्रतिनिधिको ‘ट्रेन्ड’ले ८४ पूजा गर्ने बेलासम्म पनि नेतृत्वमा रहन खोज्ने प्रवृत्तिलाई चुनौती दिँदैछ । 

शनिवार भएको प्रदेश क्षेत्रीय अधिवेशन र सोमवार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भर्खर टिन एज कटेका युवा प्रतिनिधि छानिएका छन् । कांग्रेसका यी युवा प्रतिनिधिलाई प्रवक्ता विश्वप्रकाश शर्माले पालुवाको संज्ञा दिएका छन् । महाधिवेशन प्रतिनिधि छानिएका युवाहरूबारे कांग्रेस बृत्तमा मात्र नभइ राजनीतिमा चासो राख्नेहरूका माझ चर्चा छ । 

जिल्ला–जिल्लामा देखिएको प्रतिस्पर्धाका कारण कांग्रेसप्रति युवाको आकर्षण घटेको भनेर भइरहेका विश्लेषणलाई खण्डन गरेको छ । महाधिवेशन प्रतिनिधि छानिएका १८ वर्षदेखि २५ वर्षसम्मका युवाले कांग्रेसलाई रुपान्तरण गर्ने एजेण्डालाई चुनावी प्रचारको नारा बनाएका थिए । 

‘जागिर होइन, राजनीति गरेर देश सुधार्ने’

कांग्रेस महाधिवेशनका लागि सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि छानिएकी पूजा फुँयाल भर्खर २१ वर्ष पुगिन् ।

भक्तपुरमा पढ्दै गरेकी उनका साथीहरू राजनीतिलाई साखै मन पराउँदैनन् । तर राजनीतिक परिवारमा हुर्केकी पूजालाई भने जागिर गरेर व्यक्तिगत फाइदा गर्नेभन्दा राजनीति गर्ने रुचि बढ्दैछ । उनका हजुरबुवा सोलुखुम्बुको साविक बेदघारी गाविसको अध्यक्ष थिए । बुवा यादव फुँयाल नेचा सल्यान गाउँपालिकामा शिक्षक छन् । 

‘जागिर गर्न नसक्ने मान्छे मात्र राजनीतिमा आउँछन् भन्ने परिभाषा बदल्नु छ । राजनीतिमार्फत राम्रो काम गर्न सकिन्छ भनेर प्रुफ गरेर देखाउनु पर्नेछ,’ फुँयालले लोकान्तरसँग भनिन् । 

बाल क्लबको सदस्य बनेर सानै उमेरबाट सामाजिक काममा लागेकी पूजाले भविष्यमा असल नेता बन्ने विकल्प रोजिन् । 

‘राजनीति गर्न कम्ती चुनौतीपूर्ण छैन । त्यसमा पनि छोरी मान्छेको लागि झनै गाह्रो छ । तर मैले यसमै भविष्य देखेकी छु र आफ्नो लक्ष्य पूरा गरेरै छाड्छु,’ फुयाँलले भनिन् ।

हजारौँ दिदीबहिनीको आत्मबल बढाउँछुः बोगटी

ओखलढुङ्गा प्रदेश सभा क्षेत्र नं. (ख)बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी बिन्दा बोगटी पनि भर्खर २२ वर्षकी भइन् । 

काठमाडौंको जनमैत्री कलेजमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी बिन्दालाई समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छ भन्ने लाग्यो र उनी राजनीतिमा होमिइन् । 

पूजा फुँयाल जस्तै बिन्दालाई पनि धेरैले प्रश्न गर्छन्, पढेको व्यक्ति किन जागिर नगरेर राजनीतिमा लागेको ?

‘केही गर्न नसकेपछि राजनीति गर्ने भन्ने जुन भ्रम छ, त्यसलाई चिर्न चाहन्छु । मुख्यतः म जस्ता हजारौं दिदीबहिनीको आत्मबल बढाउनका लागि काम गर्न चाहन्छु,’ बिन्दाले लोकान्तरसँग भनिन् ।

आफूलाई राजनीतिमा लाग्न बुवाको सहयोग रहेको बिन्दाले बताइन् ।

‘विद्यार्थी राजनीतिबाट आएको हुनाले गाउँमा घुलमिल गर्न अलिअलि समस्या त थियो, तर आफ्नै गाउँ-ठाउँ र परिवेश भएका कारण महाधिवेशन प्रतिनिधि जितेँ,’ बिन्दाले भनिन् ।

अहिले प्रतिनिधि बनेका अधिकांश युवा नेविसंघको राजनीतिबाट आएकाहरू छन् ।

कांग्रेसको रुखमा लागेका पालुवा 

सोलुखुम्बुकी पूजा र ओखलढुंगाकी बिन्दा जस्तै कांग्रेस महाधिवेशनमा कयौँ युवा प्रतिनिधि छानिएका छन् । बाग्लुङबाट उषा सापकोटा १८ वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । काठमाडौंमा भर्खर १२ कक्षाको परीक्षा दिएकी उषा कांग्रेसको सम्भवतः देशभरकै कान्छी महाधिवेशन प्रतिनिधि हुन् । 

उनका बुवा कांग्रेसको भातृ संगठन नेविसंघको जिल्ला अध्यक्ष भएका थिए । अहिले भने उनी सक्रिय राजनीतिमा छैनन् । खोटाङका विकल राई पनि २१ वर्षको उमेरमै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ २१ औं शताब्दीका युवाले आफूलाई लोकतन्त्रवादी भन्न रुचाउने भएकाले कांग्रेसमा युवाको आकर्षण बढेको बताउँछन् । 

‘पछिल्लो दशकको घटनाक्रम हेर्दा पनि दुईवटा चुनाव जितेर कम्युनिस्ट पार्टीले केही काम गर्न सकेनन् । २०७० सालमा कांग्रेसले चुनाव जित्दा संविधान बन्यो भन्ने कुरा अहिले युवाहरूले बुझे,’ गुरुङले लोकान्तरसँग भने, ‘कांग्रेसले जिम्मेवारी पाउँदा देशलाई सही ढंगले ड्राइभ गर्छ भन्ने कुरा बुझेर नै युवाको आकर्षण बढेजस्तो लाग्छ ।’

नेता गुरुङ कांग्रेसको आसन्न महाधिवेशनबाट अहिले महाधिवेशन प्रतिनिधि छानिएर आएका युवाको भावनालाई सम्बोधन गर्न सक्ने नेतृत्व आउनु पर्ने बताउँछन् । 

कांग्रेसको चौधौं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x