मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित जस्तै भएपछि एमालेमा धेरैजसो नेता/कार्यकर्ताको ध्यान महासचिवमा केन्द्रित भएको छ ।
यद्यपि, एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओली ‘प्राधिकार’ एमालेमा रावलको जीत निस्कने सम्भावना नगण्य छ ।
ओली आगामी पाँच वर्ष पार्टी नेतृत्वका लागि आफू अनुकूलको टीम बनाउने योजनामा छन् । त्यसका लागि उनले सर्वसम्मतिको विकल्प रोजेका छन् ।
महाधिवेशनमा निर्वाचनबाट नभई सहमतिबाट नेतृत्व चयन गर्ने तयारी भएपछि ओलीले कसलाई महासचिव बनाउलान् भन्ने चासो एमाले कार्यकर्तामाझ छ ।
एमालेमा वरीयताको हिसाबले महासचिव सातौं पद हो तर, जिम्मेवारी र कार्यकारी हैसियतमा महासचिव अध्यक्षपछिको महत्त्वपूर्ण पद हो । महासचिवलाई समग्र संगठन व्यवस्थित गर्ने र आवश्यक पर्दा प्रशासनिक डण्डा चलाउने अधिकार पनि हुन्छ ।
एमालेमा अहिले जो व्यक्ति महासचिव बन्छ, त्यही व्यक्ति ११ औं महाधिवेशनमा पार्टी नेतृत्वको दाबेदार हुन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसो हुँदा पनि दशौं महाधिवेशनबाट को महासचिव बन्ला भन्ने कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।
अहिले एमालेमा मुख्यगरी विष्णु पौडेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल महासचिवका दाबेदार छन् । त्यसबाहेक, पृथ्वीसुब्बा गुरूङ पनि महासचिवको लबिङमा छन् ।
ओली निकट एमाले नेताहरू भने ओलीले महासचिवको जिम्मेवारी कसलाई दिने भन्नेबारे व्यक्तिगत रूपमा निर्णय गरिसकेको बताउने गरेका छन् ।
ओलीनिकट एक नेताले भने, ‘अध्यक्षले महासचिवको बारेमा निर्णय गरिसक्नुभएको छ । सहमतिमै नेतृत्व चयन हुने हुँदा उहाँले भनेकै व्यक्ति महासचिव हुन्छन् । एमाले कार्यकर्ताले पनि को महासचिव भन्ने आकलन गरिसकेका छन् ।’
पौडेलको सम्भावना प्रबल
एमालेमा उपमहासचिवको जिम्मेवारीमा रहेका विष्णु पौडेल संगठन विभाग प्रमुख पनि हुन् । एमाले अध्यक्ष ओलीका विश्वास पात्र समेत रहेका पौडेलले पार्टीमा समन्वयकारी नेताको पहिचान बनाएका छन् ।
२०७४ मा एमाले र माओवादी केन्द्र एकता गरेर नेकपा बनाउने बेलामा ओलीको सबैभन्दा निकट रहेर काम गरेका थिए, विष्णु पौडेलले । त्यसबेला ओली र प्रचण्ड दुवैको विश्वास जितेका पौडेल दुई पार्टी मिलेर बनेको विशाल पार्टी नेकपाको महासचिव भए । एमालेको महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेल पछाडि परे ।
त्यतिमात्रै होइन, एमालेका तत्कालीन उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावलमध्ये कोही पनि नेकपा सचिवालयमा समेत पुग्न नसक्दा पौडेलले महासचिवको भूमिका पाए । ओलीले विश्वास गरेको र पार्टी एकतामा योगदान पुर्याएका कारण उनी महासचिव बन्न सकेका थिए ।
विष्णु पौडेलको अर्को क्षमता छ, नेता कार्यकर्तासँग चाँडो घुलमिल हुन सक्ने । उनले नेताको पनि चाँढै विश्वास जित्न सक्छन् । नेकपाकालीन समयमा र अहिले एमालेमा पनि संगठन विभाग प्रमुख भएर काम गरेका कारण पौडेलले देशभरका नेता कार्यकर्तामाझ सम्बन्ध बनाएका छन् । संगठन विभागमा काम गर्दा उनको काममाथि कसैले प्रश्न उठाउन सकेको छैन ।
पार्टीमा मात्रै होइन, सरकारमा पनि उनले महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । पौडेल रक्षा र अर्थसहित उपप्रधानमन्त्री भइसकेका छन् । उनी दुईपटक अर्थमन्त्री हुँदा ल्याएको बजेट लोकप्रिय बन्यो ।
एमालेको पहिलो विधान महाधिवेशनमा एमालेको विधान संशोधन गरी आगामी पार्टी संरचना कस्तो बनाउने भन्ने निर्धारण गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०७४ को निर्वाचनमा पौडेलले रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर– २ बाट २२ हजारभन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्य जितेका थिए । २०७० को चुनावमा पौडेल तत्कालीन माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई चुनाव हराएर चर्चित भएका थिए ।
एमालेमा अध्यक्ष ओली र नेता माधव नेपालबीचको अन्तर्विरोध समाधान गर्न पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विवाद समाधान सुझाव कार्यदलमा बसेर उनले दुवै नेतालाई मिलाउने प्रयास गरे । एमालेमा चर्चित १० बुँदे सहमति पौडेल अर्थमन्त्री हुँदा उनकै कार्यकक्षमा तयारी भएर हस्ताक्षर भएको थियो ।
त्यसबाहेक, माधव नेपाल खेमाले एमाले छाडेर नयाँ पार्टी बनाउँदा धेरैजसो नेता कार्यकर्तालाई माधव नेपाल पक्षमा जान पौडेलले नै रोकेका थिए ।
एमाले विभाजनको अन्तिम समयसम्म पनि पौडेलले माधव नेपालको निवासमा गएर पटक–पटक छलफल गरेर विवाद समाधानका लागि पहल गरेका थिए । भलै, यसमा भने उनी सफल हुन सकेनन् ।
पार्टीको संगठन विस्तार र आवश्यक पर्दा आर्थिक व्यवस्थापनमा समेत पौडेलले सक्षमता देखाएका कारण ओली पौडेलसँग अनुगृहीत रहेको ओलीनिकट नेताहरू नै बताउँछन् ।
पौडेलले पनि भविष्यमा एमालेको नेतृत्व सम्हाल्ने योजनासहित रणनीतिक हिसाबले काम गरिरहेका छन् ।
संगठन र संसदीय दुवै क्षेत्रमा सफलता हासिल गरेका पौडेल पार्टीमा अध्यक्षको असाध्यै सानिध्यमा रहेर काम गरिरहेका छन् ।
महाधिवेशनबाट सहमतिमा महासचिव बनाउँदा होस् वा निर्वाचनबाटै महासचिव छान्दा, दुवैमा पौडेल एमाले महासचिव बन्ने सम्भावना प्रबल छ ।
पोखरेललाई ओलीसँगै राष्ट्रपति साथ !
एमाले अध्यक्ष ओलीका अर्का विश्वासपात्र शंकर पोखरेल एमालेभित्र जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता हुन् । ओली खेमामा सबैभन्दा तार्किक र वैचारिक नेताको रूपमा पोखरेललाई लिइन्छ ।
पोखरेलसँग २०६६ मा माधव नेपाल प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चार मन्त्री र २०७४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरेको अनुभव छ ।
एमालेको नवौं महाधिवेशनमा पोखरेलले घनश्याम भुसालसँग उपमहासचिवमा हारेका थिए । त्यसयता उनी एमालेको स्थायी समिति सदस्य छन् ।
तत्कालीन नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डबीच खटपट हुँदा दुई नेतालाई मिलाउन पोखरेलले भरमग्दुर प्रयास गरेका थिए । त्यसबेला दुई नेताको विवाद समाधान गराउन उनी हरेक साता लुम्बिनीबाट काठमाडौं धाइरहन्थे । उनले ओली र प्रचण्डसँग पटक–पटक एक्लाएक्लै भेटवार्ता गरेर विवाद मिलाउने प्रयास गरेका थिए ।
पौडेल र पोखरेल दुवैको राजनीतिक भूगोल भने लुम्बिनी प्रदेश हो । पौडेल बुटवल र पोखरेल दाङबाट निर्वाचन जितेका हुन् । लुम्बिनी प्रदेशको राजधानी तोक्ने सन्दर्भमा भने यी दुवै नेता आमनेसामने भएका थिए ।
पौडेल बुटवलमा राजधानी राख्न चाहन्थे भने पोखरेल दाङ लैजान चाहन्थे । अन्ततः राजधानी तोक्ने विषयमा पोखरेल नै सफल भए । पोखरेललाई ओली र प्रचण्ड दुवैको सहयोग भएकै कारण उनले लुम्बिनी प्रदेशको राजधानी दाङ लैजान सफल भएका थिए ।
एमालेको आन्तरिक राजनीतिमा बलियो ‘फ्याक्टर’ बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बलियो साथ पोखरेललाई छ । महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्दा पोखरेलले राष्ट्रपति कार्ड प्रयोग गर्न पनि सक्छन् ।
एमालेको यो महाधिवेशनबाट अध्यक्ष ओली पार्टीमा आफ्नो उत्तराधिकारी पनि तयार गर्न चाहन्छन् । एमाले वृत्तमा ओलीको उत्तराधिकारीको रूपमा पौडेल र पोखरेललाई लिने गरिन्छ ।
त्यसो हुँदा ओलीले पोखरेललाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिन सक्छन् । तर, निर्वाचनबाट महासचिव छनौट गर्दा पोखरेल महासचिव बन्ने सम्भावना भने कम देखिन्छ ।
पाण्डेको निरन्तर लबिङ
एमालेमा स्थायी कमिटी सदस्य रहेका सुरेन्द्र पाण्डे नवौं महाधिवेशनमा ६ मतका कारण महासचिव बन्न पाएनन् । त्यसबेला ईश्वर पोखरेलले महासचिव जिते । नवौं महाधिवेशनमा एमालेभित्र आफ्नो बलियो पकड रहेको भन्ने चाहिँ प्रमाणित गर्न सफल भए ।
तत्कालीन नेकपामा अध्यक्ष ओली र प्रचण्ड तथा माधव नेपालबीचको अन्तरविरोधमा प्रचण्ड– नेपाललाई साथ दिएका पाण्डे झण्डै नेकपाको महासचिव बनेका थिए । केपी ओलीले पुस ५ मा संसद् विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो ।
प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीबाट निकालेर प्रचण्ड र नेपाललाई अध्यक्ष घोषित गरेको थियो । त्यसबेला पार्टीको महासचिवको रूपमा पाण्डेको चर्चा थियो ।
तर, पार्टीभित्र उनको नाममा सहमति नबन्दै फागुन २३ मा सर्वोच्च अदालतको फैसलाबाट नेकपा साविकको एमाले र माओवादी केन्द्रमा विभाजित भयो ।
त्यसपछि पनि ओलीसँग नेपाल खेमाले संघर्ष जारी राखेको थियो । त्यसबेला पाण्डे माधव नेपालको साथमा थिए । त्यसबेलाको भेला तथा बैठकमा पाण्डेले नै महासचिवको भूमिका निर्वाह गरेका थिए । बैठक सञ्चालन र भेलाको उद्घोष पाण्डेले नै गर्ने गरेका थिए ।
माधव नेपाल समूह एमालेबाट विभाजित भएर जाँदा पाण्डेले भने मूल पार्टी एमाले नै रोजे । त्यसयता भने उनी निरन्तर अध्यक्ष ओलीसँग सम्बन्ध सुमधुर बनाउने प्रयासमा छन् ।
पाण्डे अहिले एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको सह–संयोजक र जनपरिचालन कमिटीको संयोजक भएर काम गरिरहेका छन् । उनको निर्वाचन क्षेत्र भएको चितवनमा नै हुन लागेको एमालेको महाधिवेशन सफल र भव्य बनाउन उनी खटिरहेका छन् ।
यसअघि महाधिवेशनको उम्मेदवार भइसकेकाले त्यसभन्दा तलको पदमा असहज हुने बताउँदै आएका पाण्डे महाधिवेशनबाट महासचिव बन्ने तीव्र अभिलाषासहित उनले अध्यक्षको सानिध्य खोजिरहेका छन् । सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिएर एमाले नेतृत्वमा अहिले ओलीको विकल्प नभएको पाण्डेले बताउन थालेका छन् । तर, केही अघिको विगत पल्टाउँदा पनि पाण्डे ओलीलाई धुरन्धर गाली गरिरहेका भेटिन्थे ।
एमालेमा पहिले माधव नेपाल खेमालाई निरन्तर पेलेको आरोप ओलीमाथि छ । यो आरोपलाई चिर्न पार्टीमा कसैलाई पनि काखा र पाखा गरिएको छैन भन्ने सन्देश दिन पनि ओलीले उनीहरूमध्ये कसैलाई मुख्य जिम्मेवारीमा ल्याउन आवश्यक छ । पाण्डेलाई महासचिव बनाएर ओलीलाई पार्टीमा सबै पक्षलाई समेटेको सन्देश दिने अवसर पनि छ ।
यसबाहेक, एमालेका सचिवमध्येका एक पृथ्वीसुब्बा गुरूङले पनि महासचिवमा दाबी गरेका छन् । उनले अध्यक्ष ओलीलाई भेटेरै महासचिवको रूपमा उनले चाहेको जस्तो पार्टी बनाउन योगदान गर्न सक्ने भएकाले अवसर दिन भनेका छन् । तर, उनका निकटहरू भने उपाध्यक्ष वा उपमहासचिव पद पाउँदा गुरूङले महासचिवको दाबी सजिलै छाड्न सक्ने बताउँछन् ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...