मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा प्रतिस्पर्धा हुने देखिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेको थियो, त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरूले दरखास्त दिन लागेका हुन् ।
पहिलो आवेदन डा. अचुतम लामिछानेले दिएका छन् ।
खेल क्षेत्रमा विज्ञता हासिल गरेका लामिछाने खेल विज्ञानमा पीएचडी गर्ने पहिलो नेपाली पनि हुन् । उनले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।
डा. लामिछानेले महेन्द्र रत्न क्याम्पसबाट प्रमाणपत्र तह र स्वास्थ्य तथा शारीरिक शिक्षामा स्नातकोत्तर गरेका छन् ।
उनले नेपाल खेल विज्ञान एकेडेमी (सान)मा खेल विज्ञको रुपमा ५ वर्ष काम गरिसकेका छन् भने १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टिमको तयारी कमिटीका सदस्य समेत थिए । उनले बागमती प्रदेशको खेलकुद नीति निर्माण पनि गरेका थिए ।
खेलाडीका रुपमा तेक्वान्दो चौथो डान, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री र योङमुदो चौथो डान समेत हासिल गरेका छन् ।
उनी युनेस्को इन्टरनेशनल सेन्टर अफ मार्सल आर्टस्को खेल विज्ञको तालिम तथा उपाधि समेत लिएका छन् भने विश्व मार्सल आर्ट मास्टरसिप कमिटीको भोलिन्टियर सदस्य समेत हुन् ।
‘म खेल क्षेत्रमा लागेर यसैमा विद्यावारिधी गरेको छु, राज्यले मैले सिकेको ज्ञानको सदुपयोग गरोस् भन्ने मेरो चाहना हो,’ डा. लामिछानेले भने, ‘खेल क्षेत्रमा केही फड्को मारेर माथि उठाउन सक्छु भन्ने म विश्वास दिलाउन चाहान्छु ।’
सदस्य सचिवका लागि कन्सल्ट्यान्सी व्यापारी टेकलाल घिसिङ, युवराज लामा, राजकुमार कार्की, भरत महर्जन, केशव विष्ट, ओलम्पियन दीपक विष्टले पनि दरखास्त दिने तयारी गरेका छन् ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...