×

NMB BANK
NIC ASIA

कहिलेसम्म आमनेसामने रहन्छन् भारत र चीन ?

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र चीनले वास्तविक नियन्त्रण रेखामा ५० हजारभन्दा बढी सैनिकहरू आमनेसामने छन् । 

Sagarmatha Cement
Muktinath Bank

तनाव कम गर्नका लागि १३ चरणमा भएका वार्ता विफल रहे । गत बिहीवार भारत र चीनका कूटनीतिकर्मीहरूको बैठक बसेको थियो । त्यसमा सैन्य कमान्डरहरूको १४औं चरणको बैठकका लागि स्वीकृति दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै देशले विवाद समाधान नहुन्जेल स्थितिलाई स्थिर राख्न सहमति जनाएका छन् । तर दुईमध्ये एक पक्ष झुके मात्र समाधान आउने हो । 


Advertisment
Nabil box
Kumari

विगत १८ महिनादेखि दुवैतर्फका सैनिकहरू सीमामा खटिएका छन् । दोस्रोपटक उनीहरू जाडोको मौसममा खटिएका हुन् । 

Vianet communication
Laxmi Bank

गत १६ नोभेम्बरमा भारतीय स्थलसेना र वायुसेनाले साझा अभ्यास गरेका थिए । उनीहरू अर्को वर्षको जाडो महिनामा युद्ध भएमा फरक फरक मोर्चामा सैनिक सामग्री सहित पुग्ने तयारीको जाँच गरिरहेका थिए । 

भारतले उत्तरी सेक्टर र सम्भावित संघर्ष क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउने व्यवस्थालाई कसरी बलियो बनाउने भनी हाई इन्टेन्सिटी अभ्यास गरिएको बताएको छ । 

उक्त अभ्यासमा भारतीय वायुसेनाले आफूसँग भएको सबभन्दा ठूलो ग्लोबमास्टर मालवाहक विमानहरूका साथै रुसी आईएल–७६ र एएन–३२ परिवहन विमानको उपयोग गरी स्थलसेनाका लागि आवश्यक सामग्री र हतियार पुर्‍याउने क्षमता जाँचेको थियो । 

दुई सेनाबीचको तालमेल कसरी मिलाउने भनी अभ्यासमा देखिएको थियो । 

उता चिनियाँ जनमुक्ति सेनाले नोभेम्बर ८ मा उसका जवनाहरू एक हप्तासम्म पश्चिमी पठार क्षेत्रमा युद्धाभ्यास गरेको बताएको छ । नोभेम्बर महिनाको आरम्भमा भारतीय सैनिकहरूले युद्धाभ्यास गरेपछि आफूले पनि गरेको चीनको भनाइ छ । 

उक्त युद्धाभ्यासमा चीनले आफ्नो सम्प्रभुता रक्षा गर्न आफू सक्षम रहेको देखाउन खोजेको छ । त्यसअघि सिन्च्याङ मिलिटरी कमान्डले स्थल र वायुसेनालाई एकैसाथ अभ्यास गराएको थियो । 

लगातार दोस्रो जाडो मौसममा भारत र चीनले आआफ्नो नियन्त्रणमा रहेको इलाकामा युद्धको शंखनाद गरेका छन् । दुवै सेनाले आफ्नो शस्त्र भण्डारको सबभन्दा घातक तोप, क्षेप्यास्त्र, लडाकू विमान र ड्रोन तैनाथ गरेका छन् । त्यसबाहेक आणविक हतियारहरूको शक्ति पनि छ । 

भारतीय सेनाले ३०० किलोमिटरसम्म मार हान्ने ब्रह्मोस क्षेप्यास्त्र, ४० किलोमिटर परसम्म हान्ने होवित्जर तोप, आणविक बम खसाउन सक्ने सुखोई–३० तैनाथ गरेको छ । चीनले भारतको रफाल लडाकू विमानलाई खसाउन रुससँग किनेको एस–४०० एन्टीमिसाइल प्रणाली तैनाथ गरेको छ । 

भारतीय सेनाले पनि एस–४०० मिसाइल तैनाथीको तयारी गरिरहेको छ । 

यी दुई देश एकअर्कालाई झुकाउनका लागि तामझाम गर्दैछन् कि युद्ध गर्ने नै यिनीहरूको उद्देश्य हो भन्न गाह्रो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x