चीनसँग तनाव कायम रहँदा भारतले किन्यो फ्रान्ससँग लडाकू विमान

चीनसँग तनाव कायम रहँदा भारतले किन्यो फ्रान्ससँग लडाकू विमान

चीनसँग सीमाविवाद चलिरहेको बेलामा भारतीय वायुसेनाले फ्रान्ससँग किनेको सेकेन्ड ह्यान्ड दुईवटा लडाकू विमान ग्वालियर एयरबेसमा ल्याएको छ ।


Advertisement

उक्त विमानहरूलाई पछिल्लो मापदण्डअनुरूप अद्यावधिक गरिने बताइएको छ । 


Advertisement

भारतीय वायुसेनाले मिराज लडाकू विमानको संख्या ५० पुर्‍याउनका लागि उक्त दुई विमान ल्याएको हो ।

विभिन्न ब्याचमा गरी वायुसेनाले ५१ वटा मिराज विमान हासिल गरेको छ र ती सबै ग्वालियर एयरफोर्स स्टेसनमा राखिएका छन् । 


Advertisement

मिराजलाई अद्यावधिक गर्न भारत र फ्रान्सबीच भएको सम्झौता ५१ वटा विमानको क्षमता अभिवृद्धिका लागि हो । 

दुर्घटनामा परेका विमानका सामानहरू फ्रान्सबाट ल्याइएका वायुसेना विमानमा फिट गर्दै युद्धका लागि तयारी अवस्थामा राख्न सकिने बताइएको छ । 

मिराज विमानहरू सन् १९८० को दशकदेखि भारतीय वायुसेनामाा छन् । कार्गिल युद्धमा तिनको उपयोग गरिएको थियो । 

 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्