×

NMB BANK
NIC ASIA

चितवनमा एमाले महाधिवेशनका लागि कस्तो हुँदैछ तयारी ?

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

Muktinath Bank

प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी ९५ प्रतिशत पूरा भएको र रातिसम्ममा पूर्णरूपमा हुने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन सत्रका लागि स्टेज सहितको तयारी गरिएको छ । भट्टराईले दिउँसो ३ बजेको पत्रकार सम्मेलनमा भने, ‘म बोल्दै गर्दा ९५ प्रतिशत काम सम्पन्न भएका छन् । ५ प्रतिशत फिनिसिङका काम मात्र बाँकी छ । रातिसम्म सम्पूर्ण काम सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

उद्घाटन सत्रमा ६ लाखभन्दा बढी सहभागी हुने उनको भनाइ थियो । महाधिवेशनको बन्द सत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माणको कार्य भइरहेको, आवास र खानाको सम्झौता गरिएको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसंगठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् । उनका अनुसार प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन् । 

प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेका उनले जानकारी दिए । कूल प्रतिनिधि संख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेका उनको भनाइ थियो । महाधिवेशनमा सल्लाहकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेछन् ।

उद्घाटन सत्रका दिन ५ हजार स्वयंसेवक परिचालन हुने उनले जानकारी दिए ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईका अनुसार भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो । 

उद्घाटन सत्रपछि मंसिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र शुरू हुनेछ । अध्यक्ष मण्डल र माइन्युट कमिटी बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

मंसिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया शुरू हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मशिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले जानकारी दिए ।
 
मंसिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन सम्पन्न गर्न ७ करोड ५० लाख रुपैयाँ खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट संकलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए । उद्घाटन सत्रका दिन यात्रुवाहक सवारीसाधन रोक्ने काम पार्टीका तर्फबाट नहुने उनले स्पष्ट पारे ।

पार्टीले आफ्नो नीति, कार्यक्रम, कार्यदिशा, विधान पास गरिसकेको भन्दै उनले भने, ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गर्ने अब नेकपा एमालेको कार्यदिशा हो ।’

नेपालका राजनीतिक दलहरुको इतिहासमा नेकपा एमालेले तय गरेको सबैभन्दा उन्नत र समृद्ध कार्यदिशा भएको उनको दाबी थियो । उनले भने, ‘अब हामीले त्यता लक्ष्य बनाएका छौं । यो महाधिवेशनबाट त्यो कार्यदिशामा सम्पूर्ण प्रतिनिधिहरूलाई एकरूपताका साथ हामीले बुझाउने छौं ।’ त्यसबाट प्रशिक्षित भएर कार्यक्षेत्रमा प्रतिनिधिहरू फर्कने उनले बताए ।

महाधिवेशन सकिएलगत्तै नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने उनले बताए । यो महाधिवेशनले पार्टीलाई सम्पूर्ण ढंगले एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने संकल्प गरेर फर्कने उनको भनाइ थियो । एकता, सहमति र पार्टीभित्रका अन्तरविरोधहरूलाई मैत्रीपूर्ण ढंगले समाधान गर्दै कम्युनिस्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा एमालेललाई स्थापित गर्ने भट्टराईले बताए । – नारायण अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x