निर्वाचन आयोगले गर्‍यो दलको आय र व्ययको लेखा ढाँचा स्वीकृत

निर्वाचन आयोगले गर्‍यो दलको आय र व्ययको लेखा ढाँचा स्वीकृत

निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ ।


Advertisement

राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखांकन तथा प्रतिवेदनको लागि ८ वटा फारामको ढाँचा तोकिएको छ ।


Advertisement

लेखा राख्नको लागि सम्बन्धित फाराममा नै फाराम भर्ने निर्देशिका समेतको व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४० मा राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने गरी लेखा राख्नुपर्ने उल्लेख छ । दलले राख्ने लेखाको ढाँचा आयोगले तोक्ने व्यवस्था रहेको छ ।  

सबै राजनीतिक दलहरू तथा सम्बन्धित विज्ञसँग सुझाव संकलन गरी प्राप्त सुझाव समावेश गरी दलको आय र व्ययको लेखाको ढाँचा तोकिएको  जानकारी दिइएको छ ।


Advertisement

नयाँ व्यवस्थाले राजनीतिक दलको आर्थिक कारोबार व्यवस्थित, पारदर्शी र एकरूपता हुने आयोगले विश्वास लिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्