सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


Advertisement

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५७५ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
    
पीसीआरमार्फत ३ र एन्टिजेन विधिमार्फत ३ जनामा कोरोना पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा २ र महाकाली अस्पतालमा १ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलालीका २ र कञ्चनपुरका १ जनामा पुष्टि भएको छ ।


Advertisement

गत २४ घण्टामा प्रदेशभर ७ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण १ जनाको पनि मृत्यु भएको छैन ।

यसअघि बुधवार यस प्रदेशमा ८ जनामा संक्रमण पुष्टि हुँदा ९ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्