पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएकालाई सँगै लिएर अगाडि बढ्नु आवश्यक छ : मन्त्री कार्की

पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएकालाई सँगै लिएर अगाडि बढ्नु आवश्यक छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुखदुःखको पार्टी भएको बताएका छन् ।


Advertisement

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा बिहीवार कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उनले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुखको पार्टीको रूपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे ।


Advertisement

मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह गरे । अहिले निर्वाचित भएका पदाधिकारीको कार्यकालमा यस क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउनका लागि भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।


Advertisement

‘पार्टी भित्रको आन्तरिक निर्वाचनमा पराजित भएकालाई पनि सँगै लिएर अगाडि बढ्नु आवश्यक छ,’ मन्त्री कार्कीले भने । कांग्रेस क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभापति अयुव अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री कार्कीले पार्टीको जिल्ला अधिवेशनमा सही नेतृत्व चयन गर्न पनि आग्रह गरे ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्