सरकारले खारेज गर्‍यो सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड

सरकारले खारेज गर्‍यो सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड

१ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ ।


Advertisement

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गठन गरेका प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो । 


Advertisement

मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावलीलाई स्वीकृति प्रदान गरेको छ । यससँगै पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीसहित अन्य सदस्यहरू पदमुक्त भएका छन् ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले अधिकारीलाई उपाध्यक्ष र सदस्यहरूमा  देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा, इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको थियो । 


Advertisement

बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली–२०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठान समेत खारेज गर्ने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानको चल–अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुने निर्णय समेत गरेको छ ।

प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मासहित सबै सदस्यहरू पदमुक्त भएका छन् ।

बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।

खेलकुद विकास बोर्ड तथा श्रम सल्लाहकार प्रदेश सरकारले खोरज गरेको छैन । बुधवार मात्रै खेलकुद विकास बोर्डका सदस्यसचिव परशुराम बस्नतेले सरकारले हटाए कानूनी लडाइँमा जाने बताएका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्