अदालतबाट २० लाख जरिवाना ठहर भएकी यी महिला पक्राउ

अदालतबाट २० लाख जरिवाना ठहर भएकी यी महिला पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले अदालतबाट २० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।


Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई बिहीवार पक्राउ गरेको हो । 


Advertisement

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ असार १ गतेको फैसलापछि ४ दिन कैद र बिगो बमोजिम २० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई बिहीवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एसिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा–नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।


Advertisement

गुरुङलाई बिहीवारै जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्