राप्रपाको महाधिवेशनका लागि राजनीतिक सहितका कार्यपत्र पारित

राप्रपाको महाधिवेशनका लागि राजनीतिक सहितका कार्यपत्र पारित

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुने एकता महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ ।


Advertisement

पार्टी अध्यक्षत्रय पशुपतिशमशेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा. प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरिएको हो ।
 
विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्