×

NMB BANK
NIC ASIA

गणतन्त्रको कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुनुपर्छ : निधि

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस बहुमतका साथ विजयी हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका उनले बिहीवार आफ्नो ‘प्रतिबद्धता र योजना’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा सो कुरा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम पार्टी बनाउने र तीनै तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने आफ्नो योजना गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने योजना सुनाउँदै नेता निधिले भने, ‘नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय सहभागी गराउने मेरो परिकल्पना छ ।’

Vianet communication
Laxmi Bank

पार्टीभित्रका गुटउपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबैलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्य उन्मुख गराउने, युवालाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने, संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णयानुसार कार्यान्वयन गराउने लगायतका आफ्ना प्रतिबद्धता र योजनाबारे उनले जानकारी गराए ।

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोर्‍याउने बताइसकेका छन् । यसबाहेक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र कल्याण गुरुङ पनि सभापतिका आकांक्षीका रूपमा देखिएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x