साउन १८, २०७९
नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति ...
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नयाँ जीप कम्पासको साथमा जीपलाइफमा प्रवेश गरेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीवार नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पास खरिद गरेका हुन् ।
‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सिमाना’ जस्ता सफल चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिएँ । शुरूका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुशी छु कि आज मैले जीप किनेँ ।’
केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्ल्यू लाइफले गरेको छ ।
‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्ल्यू लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्वीकारेको छ र हामी निकै उत्साहित छौं ।’
नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरूको लामो सूची छ । सबैभन्दा महत्त्वपूर्ण कुरा कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ, जसले चालकलाई ‘जहाँसुकै गएर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ)’ गर्न मद्दत गर्छ ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म छ ।
नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति ...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरस...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि निगमले भने मूल्य यथावत राखेको हो । निगमले मूल्य घटेर आएपनि कम्पनीलाई घाट...
आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा शुक्रवार वृहत रक्तदान कार्यक्रम आयोजना भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएको कम्पनीका प्रमुख संच...
जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ । संघले आइतवार काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई चालिस...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...