×

NMB BANK
NIC ASIA

सामाजिक उद्यमशीलता विकासका निम्ती नबिल बैंकले शुरू गर्‍यो 'नविल स्कुल अफ सोसल इन्टरप्रेनरशीप कार्यक्रम' [तस्वीरहरू]

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबिल एसईई) शुरू गरेको छ । 

Muktinath Bank

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरू गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्देश्यका साथ नविल एसईईले शुरूवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम  गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश १ को महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ को बिरगंज पब्लिक कलेज, बाग्मती प्रदेशको काम्पिएन कलेज, गण्डकी प्रदेशको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेसनल कलेज, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज, सुदूर पश्चिमाञ्चल प्रदेशको सुदूर पश्चिमाञ्चाल एकेडेमीसँग सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सम्झौता गरेको छ । 

Vianet communication
Laxmi Bank

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेज संग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ ।  

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता बैंकले आजै गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशिलताको तालिम दिइने छ । उनिहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध  हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

नविल एसईईका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशिलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ । 

उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । 

सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर संबन्धीका ज्ञान पनि पाउँनेछन् । उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरूको समेत व्यवहारिक ज्ञान र सीप पाउँनेछन् ।  

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय शुरुवात तथा संचालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ । यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ । 

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबद्र्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायबीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने  प्रयास गरेको बैंकले जनाएको छ ।

दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता  कार्यक्रमले सहयोग पुग्ने बै‌ंकले जनाएको छ । यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी  बनाउँन एक नयाँ शुरुवात हुने बैंकले जनाएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x