×

NMB BANK
NIC ASIA

लुम्बिनी बौद्ध विश्वविद्यालयमा त्रियान प्रज्ञा सम्मेलन हुने

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी बौद्ध विश्वविद्यालयले १७औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । 

Muktinath Bank

बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम संवत् २०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७औं विश्वविद्यालय दिवस मनाउने भएको हो । 


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयले शुक्रवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रियान प्रज्ञा सम्मेलन सहितका कार्यक्रमको विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका ३ बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजाने भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । ‘थेरवाद र महायान बौद्ध दर्शनका २ पाटा हुन्, नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति छ । त्यो सबैलाई समृद्धिसँग जोड्न कसरी सकिन्छ भन्ने कुरा विज्ञमार्फत सम्मेलनमा मन्थन हुनेछन्,’ उनले भने ।

त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र समृद्धि विषयमा ६ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । मंसिर १५ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्मेलन हुनेछ ।

सम्मेलको दोस्रो खण्डमा बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा ३ विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको घोषणापत्र मंसिर १६ मा जारी हुनेछ ।

स्थापना दिवसको मुख्य कार्यक्रम मंसिर १६ गते हुने र कार्यक्रममा राष्ट्रपतिको प्रमुख आतिथ्यता रहने रजिस्ट्रार आचार्यले जानकारी दिए । केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

पुस्तकालय ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको छ । 

विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलका अनुसार ३ तले पुस्तकालय भवनमा  बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । सो अवसरमा विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।

बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रम राखिएको छ । बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायअन्तर्गत विभिन्न विषय सञ्चालन भइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x