×
Bajaj Top
Khukuri
FONEPAY

साहसिक पर्यटनको क्षेत्रमा वर्षाैंदेखि कानून अभाव

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ ।

Sanima Bank
morang Auto yamaha

यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानूनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

साहसिक पर्यटन प्रवद्र्धनका कार्य देशका विभिन्न भागमा भइरहेका छन् । बन्जी जम्प, जिप फ्लायर, र्‍याफ्टिङ, मोटरबोट, केबलकार, रोपलाइन सञ्चालनमा रहे पनि यसको सञ्चालन अनुमतिसम्बन्धी स्पष्ट कानूनी आधार छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार रज्जुमार्ग तथा केबलकार सञ्चालनसम्बन्धी नीति निर्माण गरी मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको करीब १ वर्ष भइसकेको छ । यद्यपि नीति मन्त्रिपरिषद्बाट अहिलेसम्म स्वीकृति भएको छैन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अहिलेसम्म रज्जुमार्ग कहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कहिले पर्यटन मन्त्रालय त कहिले उद्योग मन्त्रालयको पटके निर्णयका आधारमा सञ्चालन हुँदैआएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्रमा भने २०७५ सालदेखि आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा नवीन पर्यटकीय सेवा तथा कार्यहरू टे«किङ, कायाकिङ, क्यानोनिङ बन्जी जम्प, जिप फ्लायर, र्‍याफ्टिङ, मोटरबोट, केबलकार लगायत मनोरञ्जनका माध्यमको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमनसम्बन्धी कार्य स्थानीय तहको क्षेत्राधिकारमा पर्ने उल्लेख गरिए पनि सञ्चालनको अनुमति दिने कुरा ऐनमा स्पष्ट उल्लेख नभएको गौतमले बताए ।

‘कतिपय व्यवसायीले स्थानीय तहको स्वीकृतिमा नेपालका विभिन्न स्थानमा केबलकार सञ्चालनमा ल्याएका छन्,’ उनले भने, ‘केबलकार लगायतका सबै रज्जुमार्ग मनोरञ्जनसँगै जोखिमयुक्त यात्रा भएकाले यससम्बन्धी सञ्चालन व्यवस्थापनको नीति अत्यावश्यक छ ।’

उनका अनुसार रज्जुमार्ग तथा केबलकारको निर्माण एवं सञ्चालन अनुमति प्रदान गर्ने, अनुगमन, नियमन गर्ने र लाभको बाँडफाँट जस्ता विषयमा तहगत सरकारबीच स्पष्ट कार्यजिम्मेवारी निर्धारण नहुँदा लगानीको वातावरण सहज हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ ...

माघ ४, २०७८

देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि धेरै समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोलीपल्ट नै पालो आउने गरेको छ । उदयपुरस्थित यातायात ...

माघ ५, २०७८

काठमाडौँ उपत्यकाको सडकमा निस्किएको सवारी साधनका लागि बाटो खुला नहुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने गरेको छ । उपत्यकाको पार्किङ व्यवस्थापन नहुँदा त्यस्ता सवारी साधन सडकको सडकमै रहने अवस्था छ । काठमाडौँक...

माघ ४, २०७८

१४ र २२ वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति सरकारसमक्ष प्रस्ताव गरेको निर्वाचन आयोगलाई सरकारी पक्षले भने तीनै तहको निर्वाचन एकैपटक गर्न अनौपचारिक प्रस्ताव गरेको छ । सरकारले तीनै तहको निर्वाचन एकैपटक स...

माघ ४, २०७८

 सरकारद्वारा गठित छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास अर्गनाइजेसनसँग गरिएको सम्झौता गैरकानुनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल...

माघ ५, २०७८

 जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्लबल्ल ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...