×

NMB BANK
NIC ASIA

महाधिवेशन उद्घाटन सँगसँगै एमालेको ‘शक्ति प्रदर्शन’

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चितवनको नारायणी नदीकिनार शुक्रबार मानवसागरमय बनेको छ । महाधिवेशन उद्घाटन समारोह कुम्भमेलासरह देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदी वारि–पारि र पुलबाट पनि हेर्न मिल्ने गरी भव्य मञ्च बनाइएको थियो । ठाउँठाउँमा राखिएका ठूलाठूला डिस्प्ले स्क्रिनका सहायताले सर्वसाधारणले नेताका मन्तव्य नियालेका थिए । मञ्चलाई देखिने ठाउँसम्मै टेकिनसक्नु भीड थियो । देशका विभिन्न ठाउँबाट लाखौं जनसमुदाय चितवन आएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यही भव्यताबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले रिमोट थिचेर झन्डोलोत्तन गरे – पार्टीको झन्डा, राष्ट्रिय झन्डा र सूर्य चिह्नको झन्डा । 

Vianet communication
Laxmi Bank

महाधिवेशनलाई एमालेले भव्य मात्र होइन, निकै व्यवस्थित बनाउने प्रयास गरेको देखिएको छ । महाधिवेशनस्थलमा हवाईजहाजबाट पुष्पवृष्टि गराइएको छ । समारोहस्थलमा विभिन्न जातजातिका झाँकी एवं नाचसहित सर्वसाधारण पुगेका थिए । 

नदीको पूर्व उद्घाटनस्थलबाट पुलसम्म सहभागी खचाखच थिए । भीडभाडका कारण दिनभर यातायात र आवागमन ठप्प थियो । साथै एमालेले महाधिवेशनका अवसरमा चितवन र नवलपुरमा विशाल जनप्रदर्शन गरेको छ । 

प्रवक्ता प्रदीप ज्ञवालीले एमालेले भव्य र ऐतिहासिक रूपमा महाधिवेशन उद्घाटन गरेको बताए । महाधिवेशन उद्घाटनसत्र छोटो र व्यवस्थित पनि थियो । नेताहरूले लामो भाषण गरेनन् । अध्यक्ष ओलीले ५० मिनेट मात्रै सम्बोधन गरे । 

उद्घाटन सत्रमा मूल महाधिवेशन व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले स्वागत गरे । चितवन जिल्ला अध्यक्ष पार्वती रावलले समापन गरिन् । ८ नेताले बोले । ओलीको मन्तव्यअघि ८ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यसमा अध्यक्ष ओलीको कार्यकालमा भएका कामको बेलिविस्तार लगाइएको थियो ।

नेतृत्वका लागि भएको यस महाधिवेशनमा एमालेले ओलीलाई पुनः निर्विकल्प नेताका रूपमा वृत्तचित्रमार्फत सन्देश दिएको छ ।

एमालेले यो महाधिवेशनलाई चुनावमा केन्द्रित गरेको झल्को दिएको छ । नेताहरूले अब निर्वाचनमा बहुमतसहित पुनः सत्तामा फर्किने उद्घोष गरेका छन् । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित हुन निर्देशन दिए ।

उनले आगामी तीनै तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई आह्वान समेत गरे । उनले अब आमनिर्वाचनमा बहुमत ल्याएर पुनः सत्तामा फर्किइ विकास र समृद्धिका बाँकी काम पूरा गर्ने बताए । 

एमालेले यसअघि नै विधान महाधिवेशन गरेको थियो । जबजलाई मागदर्शक सिद्धान्तको रूपमा लिएको एमालेले नयाँ नेतृत्व चयनसँगै ३ महिनाका बीचमा २ महाधिवेशन पूरा गर्दैछ ।  

महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) अध्यक्ष कमल थापा, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरेका छन् । 

राप्रपा अध्यक्ष थापाले शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिए । पहिलो पटक नाकाबन्दीको सामना गरेर ओलीले राष्ट्रवादी नेताको छवि बनाएको भन्दै अध्यक्ष थापाले प्रशंसा गरे । उनले भने, ‘लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागेको छ ।’ 

उनले धर्म परिवर्तनबाट मुलुकको पहिचान समाप्त पार्न खोजिएको दाबी गरे । मुलुकमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव बढ्दै गएको पनि उनले बताए । 

मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको दलको आन्दोलनलाई स्थगन गर्न ओलीको नेतृत्वले काम गरेकोमा उनले प्रशंसा गरे । ‘उहाँकै नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले आफ्नो सीमा रक्षाका निमित्त प्रतिबद्धता व्यक्त गरेको छ र नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरी नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनु भएको छ,’ उनले भने, ‘यही कारणले गर्दा यो महाधिवेशनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरूलाई पूर्णरूपमा सफलता प्राप्त होस् ।’ 

जसपा अध्यक्ष यादवले एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताए । संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने अध्यक्ष यादवले उल्लेख गरे । 

‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्,’ उनले भने । 

जनमोर्चा अध्यक्ष केसीले संसद्, सरकार र न्यायपालिकामा जारी विवाद, अस्तव्यस्तताको जिम्मेवारी दलहरूले लिनुपर्ने बताए । देशअघि बढाउन दलहरू एकजुट हुनुको विकल्प नरहेको अध्यक्ष केसीले बताए । केसीले वर्तमान व्यवस्थाको जस लिने दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी लिएर मिलेर अगाडि बढ्नुपर्ने बताए ।

दलहरूले एक–अर्कालाई अराजकताको जिम्मेवार भन्न नहुने उनको भनाइ थियो । राजनीति गर्ने व्यक्ति नसुध्रिए समस्या झन् बढ्ने उनले बताए । 

लोसपा अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधन गर्न ओलीले प्रयास गरेको भन्दै प्रशंसा गरे । ‘ओलीले मधेसका विषयमा केही गर्नुभयो । अझै धेरै गर्न त बाँकी छ,’ अध्यक्ष ठाकुरले भने, ‘उहाँले सद्भाव देखाउनुभएको हो तर त्यो पूरा हुन पाएनन् ।’

मधेश आन्दोलनका २९३ मध्ये १३९ बन्दी ओलीले रिहा गरेको उनको भनाइ थियो ।

माओवादी स्थायी समिति सदस्य पोखरेलले कम्युनिस्ट आन्दोलनप्रति जनताको अझै विश्वास रहेको बताए । ‘एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास सबैको रहने हो भने मुलुकले नयाँ कोल्टे फेर्न सक्छ,’ नेता पोखरेलले भने, ‘समाजवादी क्रान्तिले नयाँ दिशा पक्रन सक्छ ।’ 

विदेशबाट आएका कम्युनिस्ट पार्टीका नेताले भने शनिवार बन्दसत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । 

ओली र देउवाबीच ५ महिनापछि चितवनमा भेट भएको छ । प्रधानमन्त्रीबाट ओलीको बहिर्गमनपछि २ नेताबीच भेट भएको थिएन । प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत पटक–पटक ओलीलाई सन्देश पठाएका थिए ।  

सर्वोच्च अदालतको परमादेशले २०७८ असार २९ गते ओली सत्ताबाट बाहिरएका थिए भने देउवा प्रधानमन्त्री भएका थिए । ओली प्रधानमन्त्री भएदेखि दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दासम्म देउवा र ओलीको सम्बन्ध सुमधुर नै थियो । ओलीले प्रथम पटक २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा देउवाले त्यसको खासै विरोध गरेका थिएनन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x