×

NMB BANK
NIC ASIA

कक्षा कोठामा चक, डस्टर विस्थापन गरेर स्मार्ट बोर्डमार्फत पठनपाठन

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । 

Muktinath Bank

विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, यूपीएसको सहायताले ई–बूकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दीगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । उनले भने, ‘शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति पनि अन्त्य भएको छ ।’

Vianet communication
Laxmi Bank

६–१० कक्षासम्मका विद्यार्थीलाई प्रोजेक्टर यूपीएसको प्रयोग पनि गरिएको छ । तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएका छन् । 

व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि २ लाख रुपैयाँ विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए ।

विद्यालयमा हाल २५० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी दलित जनजातिका रहेका र अन्य समुदायको संख्या भने न्यून रहेको उनले बताए ।

विद्यालयमा स्मार्ट बोर्डको प्रयोग गरेपछि अन्य विद्यालयले पनि उक्त प्रविधि अपनाउन तयारी गरिरहेको व्यास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x