माघ १०, २०७९
मधेश विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई–२ पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासँग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति...
पर्सा | मंसिर ११, २०७८
पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ ।
विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी संख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्ति थियो ।
गरीब, जेहेन्दार एवं दलित परिवारका बालबालिकाको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन पालिकाले प्रयास थालेको छ । दिवा खाजाकै कारण विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
दिवा खाजाको प्रभावकारिता सम्बन्धी गाउँपालिका भित्रका हरेक सामुदायिक विद्यालयमा अनुगमन गरिने उनको भनाइ थियो ।
यसैबीच धोबिनी गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा लामो समयदेखि रोकिएको दिवा खाजा कार्यक्रम पुनः शुरू गरेकोे छ । गाउँपालिकाले कात्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि १७ वटा सामुदायिक विद्यालयमा दिवा खाजा पुनः शुरू गरिएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले बताए ।
मधेश विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई–२ पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासँग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति...
जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाब...
तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्। राष्ट्रिय सभामा नेपाल विश्वविद्यालय...
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । अधिकारकर्मीले आज पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर ...
द ब्रिटिश कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्वविद्यार्थीहरूको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिश कलेजबाट ग्र...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...