जेठ ७, २०७९
बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ११५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले ३ हजार २७१ मत पाएर पराजित भए...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताएका छन् ।
गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा आज बोल्दै उनले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताए । उनले भने, “विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिष्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नेछ ।” समाजवादी गरिब तथा सर्वहारा जनताको हित गर्ने पार्टी रहेको बताउँदै भेदभाव समाप्त पार्ने दाबी गरे ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एमालेमा विचार र निष्ठा कम हुँँदै भएको आरोप लगाए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको धारणा राखे ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेको दाबी गरे । आज आयोजित कार्यक्रमबाट ठाकुर घिमिरेको अध्यक्षतामा ७५ सदस्यीय कमिटीको घोषणा तथा शपथग्रहण सम्पन्न भएको छ ।
सो कमिटीका उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन रहनाका साथै सचिवमा राजन महर्जन र उपसचिवमा नवीन महर्जन, शारदा घिमिरे दुलाल र रुदिना महर्जन रहेका छन् । सो कार्यक्रममा नगर कमिटीको तत्काल बैठक बसी स्थानीय विकास तथा जनताको सेवामा पार्टी पङ्क्ति परिचालित हुने र भ्रष्टाचार ढिलासुस्ती तथा अपारदर्शिता विरुद्धमा पार्टी अभियान केन्द्रित गर्ने बताइएको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य उमेश शर्मा, सरला केसी, राधा सिलवाल, जिल्ला अध्यक्ष हरिकृष्ण थापा, केन्द्रीय परिषद् सदस्य रामसिंह महर्जन, रामशरण बस्नेत, अनुशासन आयोगका सदस्य रामकुमार वान्तवा, केन्द्रीय सल्लाहकार मीरा थामीलगायतका नेताहरूको उपस्थिति थियो ।
बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ११५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले ३ हजार २७१ मत पाएर पराजित भए...
मधेश प्रदेशको मुख्य आन्दोलनकारी शक्तिका रूपमा स्थापित मधेशवादी भनिने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् । मधेश आधारभूमि रहे पनि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्...
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् । ७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले ५ हजार ७३३ मतको अग्रत...
महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका दीपेन्द्र महतो निर्वाचित भएका छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसमेत रहेका महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्...
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । २९ हजार ७५७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले १२ हजार ४२९ मतसहित अग्रता कायम गरेका छन् । कांग्रेसका गेहेन्द्र गिरी...
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन । पार्टीले उनलाई टिकट नदिए...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...