२७ जेठ २०८३, बुधबार

अमेरिकीहरू महंगीको मारमा पिल्सिँदा बाइडनले ल्याए महंगो क्रिसमस ट्री

मंसिर १२, २०७८
अमेरिकीहरू महंगीको मारमा पिल्सिँदा बाइडनले ल्याए महंगो क्रिसमस ट्री

बाइडन ह्वाइट हाउसले यस वर्षको क्रिसमस ट्रीका लागि १ लाख ३० हजार डलर खर्च गरेपछि चर्को आलोचना भएको छ ।

अमेरिकामा महंगी दिनदिनै बढ्दै गएर जनता हायलकायल भएको बेलामा ह्वाइट हाउसले क्रिसमस समारोहका लागि थप १ लाख ७१ हजार डलर खर्च गर्ने भएको छ । 

संघीय सरकारले यस वर्षको क्रिसमस समारोह निकै भव्य रूपमा मनाउने व्यापक तयारी गरिरहेको छ । क्रिसमस ट्रीमा बत्ती बाल्नेदेखि विभिन्न कलाकारहरूलाई गीत गाउन लगाउनेसम्मका आयोजना गरिनेछ । 

पोहोर साल कोभिडका कारण क्रिसमस समारोह भर्चुअल माध्यमबाट मनाइएको थियो भने यसपटक पहिलेपहिलेको जस्तो भव्य गरी मनाइनेछ । 

तर महंगी बढेर ६.२ प्रतिशत पुगिरहेकाले अमेरिकामा आधारभूत वस्तु र सेवाको मूल्य ह्वात्तै बढेको छ । यस्तो बेलामा ह्वाइट हाउसले पैसाको खोलो बगाउनु अपमानजनक भएको आलोचकहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्