असार १५, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपाल...
चितवन | मंसिर १३, २०७८
आइतवार दिउँसोसम्म पनि नेकपा एमालेको उपाध्यक्षको सम्भावित सूचीमा सुरेन्द्र पाण्डेको नाम थिएन ।
आइतवार मध्यराति शुरू भई सोमवार बिहानीपख केपी शर्मा ओलीले पदाधिकारीको सूची पढेपछि मात्र धेरैले पाण्डे उपाध्यक्षमा सुनिश्चित भएको थाहा पाए ।
नवौँ महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित पाण्डेले दशौं महाधिवेशनमा त्यो भन्दा तलको पद नलिने बताउँदै आएका थिए ।
२०७१ सालमा भएको नवौँ महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग ६ भोटले पराजित भएका थिए । पाण्डेले यसपटक महासचिव बन्नका लागि जोडबल गरेका थिए ।
विगतमा माधव नेपालसँग निकट सम्बन्ध रहेर पनि पार्टी विभाजनमा साथ नदिएका पाण्डेलाई ओलीले एमालेमा कुनै न कुनै भूमिका दिन चाहिरहेका थिए । दशौं महाधिवेशन सम्पन्न गराउन भूमिका खेलेका तथा चितवनमा राम्रो जनाधार भएका पाण्डेलाई पदाधिकारीमा समेट्न ओलीले छलफल गरेका थिए ।
‘आइतवार दिउँसोसम्म उपाध्यक्षको सूचीमा पाण्डेको नाम थिएन, तर भीम रावलले जुनसुकै हालतमा अध्यक्षमा लड्ने अडान लिएपछि त्यो ठाउँ पाण्डेले रिप्लेस गर्नुभयो,’ एमालेको विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो ।
आइतवार दिउँसोसम्म युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा मात्र उपाध्यक्षको सूचीमा थिए । उपाध्यक्षमा प्रस्तावित सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको दाबी गरेर बसेका थिए भने विष्णु पौडेल महासचिवको अडानमा थिए ।
आइतवार भीम रावललाई मनाउन वरिष्ठ उपाध्यक्ष पद थप्ने विषयमा समेत छलफल भएको थियो । तर रावलले वरिष्ठ उपाध्यक्षमा समेत रुचि नदेखाएपछि थप गर्ने ‘च्याप्टर क्लोज’ भयो ।
ईश्वर पोखरेल र सुवास नेम्वाङबीच हानथापले गर्दा आइतवार वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने विषयमा समेत चर्चा चलेको थियो ।
वरिष्ठ उपाध्यक्ष पद खारेज भएको अवस्थामा ईश्वर पोखरेल उपाध्यक्षमै प्रस्तावित हुने र पाण्डे ‘रिङ आउट’ हुने खतरा थियो । ‘ओलीबाहेक अरूलाई नेता मान्दिनँ’ भनेका नेम्वाङ पार्टीको निर्देशन स्वीकार्ने भन्दै उपाध्यक्षमा बस्न राजी भए ।
११ औं महाधिवेशनमा अध्यक्षमा सघाउने शंकर पोखरेलको प्रस्तावपछि महासचिवको दाबी छाड्न पौडेल राजी भए । वरिष्ठ उपाध्यक्ष र महासचिवको पदमा कुरा मिलेपछि उपाध्यक्षमा व्यवस्थापन गर्न सजिलो भयो ।
उपाध्यक्षमै उम्मेदवारी दिने घोषणा गरिसकेका घनश्याम भुसाललाई उपाध्यक्षमा समेट्ने कि भन्ने विषयमा समेत छलफल भएको स्रोतले बतायो । भुसाललाई समेट्दा युवराज ज्ञवाली विस्थापित हुने खतरा थियो ।
उपाध्यक्षमा एक महिला अष्टलक्ष्मी शाक्य र पूर्वमाओवादी खेमाका रामबहादुर थपालाई ल्याउनु पर्ने ओलीलाई बाध्यता थियो ।
ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने विषयमा एमालेको संस्थापन पक्षमा करीब सहमति भएको थियो । तर, केशव बडाललाई व्यवस्थापन गर्न युवराज ज्ञवाली उपाध्यक्षमै समेटिए ।
बडाल यसअघि अनुशासन आयोगको अध्यक्षमा पराजित भएका थिए । अनुशासन आयोगको अध्यक्षको आश्वासन पाएका ज्ञवालीले कुनै पनि पदमा दाबी गरेका थिएनन् ।
माधव नेपालसँग अति नै घनिष्ट रहे पनि ज्ञवालीले पनि एमाले विभाजनमा माधव नेपाललाई साथ दिएनन् । लामो समयदेखिको क्रियाशीलता र अनुशासित छवि बनाएका ज्ञवालीले उपाध्यक्ष सुरक्षित गरे ।
उपाध्यक्षको आस गरेका लालबाबु पण्डित केन्द्रीय सदस्यमा सीमित भएपछि सबै कार्यकारी पद त्यागेको भन्दै सौराहाबाट काठमाडौं हिँडेका छन् । २०६३ सालमा अन्तरिम संविधान जारी भएपछि एमालेलाई मधेशविरोधी करार गर्दै मधेशका प्रभावशाली नेताहरूले एमाले छाड्दा लालबाबु पण्डितले जातीय राज्यको वकालत गर्नेहरूको प्रतिवाद गरेका थिए ।
माधव नेपालको कोटाबाट केपी ओली सरकारमा मन्त्री बनेका पण्डितले पनि पार्टी विभाजनमा साथ दिएनन् । रघुवीर महासेठलाई पदाधिकारीमा ल्याउँदा आफूलाई केन्द्रीय सदस्यमा सीमित गरेर ‘ह्युमिलेट’ गरिएको भन्दै पण्डितले केन्द्रीय सदस्य अस्वीकार गरेको उनी निकट एक प्रतिनिधिले बताए ।
पदाधिकारीमा नपरेका पण्डितलाई स्थायी कमिटीमा ल्याउने आश्वासन दिइएको छ । उता उपमहासचिव दाबी गरेकी विन्दा पाण्डे पनि केन्द्रीय सदस्यमा सीमित भएकी छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपाल...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रविन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधवार ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोल...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटा...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...