२६ जेठ २०८३, मंगलबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन : अध्यक्ष ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ

मंसिर १४, २०७८
एमाले महाधिवेशन : अध्यक्ष ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ

नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओली तथा निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । 

ओलीलाई पार्टीको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले शपथ गराएका हुन् । पदाधिकारी र सदस्यहरूलाई भने अध्यक्ष ओलीले शपथ गराए ।

१० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत पाएका थिए । 

यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णुप्रसाद पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा बादल १७६८ मत ल्याएर विजयी भए ।

उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने ७२५ मत ल्याएर पराजित भएका छन् ।

महासचिवमा शंकर पोखरेल तथा उप-महासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा भने गोकर्ण विष्ट १९७४, योगेश भट्टराई १९६०, टोपबहादुर रायमाझी १८०४,​ छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत ल्याएर विजयी हुँदा ७ सय ८८ मत ल्याएका भीम आचार्य र ५ सय ५९ मत ल्याएका टंक कार्की पराजित भए ।

salt training

कमेन्ट गर्नुहोस्