×

NMB BANK
NIC ASIA

सर्वोच्चमा नयाँ शुरूआत

सर्वोच्चको इतिहासमा पहिलोपटक गोलाप्रथाबाट तोकियो पेशी, न्यायाधीशहरू इजलासमा फर्किए

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको छ ।

Muktinath Bank

इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना लागि पेशी रोज्न न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएको गोला थुतेका छन् । गोलाप्रथाबाट बुधवार ११ वटा इजलास गठन भएको छ ।


Advertisment
Nabil box
Kumari

न्यायाधीशहरू मीरा खड्का र कुमार चुडालका लागि एकल इजलासमा पेशी तोकिएको छ ।

Vianet communication
Laxmi Bank

यसैगरी न्यायाधीशहरू दीपककुमार कार्की र​ टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र​ वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र​ वमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले 'बेञ्च शपिङ' गरेको भन्दै न्यायाधीशहरूले जबराले तोकेको इजलास बहिष्कार गर्दै अवज्ञा आन्दोलन गरिरहेका थिए ।

गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू अब सबै किसिमको नियमित मुद्दा हेर्न इजलासमा फर्किएका छन् ।

कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, तामेली, मुद्दा फिर्तालगायत सीमित मुद्दा मात्र हेर्दै आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x