×

NMB BANK
NIC ASIA

प्रदेश अधिवेशन

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ । 


Advertisment
Nabil box
Kumari

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिले लुम्बिनी प्रदेश कार्यसमितिमा कांग्रेसको नेतृत्वमा को आउला भन्ने चासोको विषय छ ।

Vianet communication
Laxmi Bank

जिल्ला र क्षेत्रमा बलियो स्थान बनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अम्मर पुन, सभापति शेरबहादुर देउवा पक्षबाट रूपन्देहीका नेता भरतकुमार शाह र पश्चिम नवलपरासीका देवेन्द्रराज कंडेल पनि आकांक्षी छन् । तीनै जना नेता पूर्व राज्यमन्त्री हुन् । अन्तिममा शाह र पुन नेतृत्वका लागि आमनेसामने हुनेछन् । 

शाहले आफू प्रदेश नेतृत्व लिने गरी अगाडि बढेको बताए । ‘प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूले मलाई अगाडि बढ्ने निर्देश गरेबमोजिम म सभापतिमा उठ्छु,’ शाहले लोकान्तरसँग भने, ‘मलाई देवेन्द्रजीले पनि हजुर उठे म पछि हट्छु भन्नुभएको छ । सके सहमति, नभएर निर्वाचनमा गएर पनि मेरो नेतृत्वमा प्रदेश कांग्रेसलाई अगाडि बढाउनुपर्छ ।’ 

रूपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भएपछि चर्चामा छन् । उनी ३ पटक रुपन्देहीबाट निर्वाचित भइसकेका छन् । उनी देउवा निकट नेता हुन् ।

देश संघीय संरचनामा गएको ४ वर्ष भए पनि कांग्रेसले हालसम्म प्रदेश संरचना बनाएको थिएन । अबको अधिवेशनमा कांग्रेसका प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पनि चयन हुनेछन् । 

सभापतिका दाबेदार पुनले आफू कुनै पनि हालतमा उम्मेदवार बन्ने बताए । ‘हाम्रो समूहबाट मबाहेक अरु कोही पनि दाबेदार छैनन्,’ पुनले भने, ‘कांग्रेसलाई सुदृढ र गतिशील बनाउन मेरो नेतृत्व आवश्यक छ ।’ पुनलाई कांग्रेस नेता डा. शेखर कोइरालाको पनि दह्रो साथ छ ।

प्रदेश महामन्त्रीमा अर्घाखाँची कांग्रेसका निवर्तमान सभापति विष्णु खनाल ‘मुस्कान’ले उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षबाट महामन्त्रीमा रूपन्देहीका शान्ताराम चौधरीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।  

रोल्पाका पुनले जिल्लाका सबै स्थानीय तहमा आफू निकट उम्मेदवारलाई सर्वसम्मत नेतृत्वमा पुर्‍याएका छन् । आमजनतामा लोकप्रियता र पार्टीको गुटमा पर्नुबाहेक भौगोलिकताले पनि प्रदेश नेतृत्व चयनलाई प्रभाव पार्न सक्छ ।

कांग्रेसको प्रदेश अधिवेशन बुटवलमा हुँदैछ । प्रदेश अधिवेशनको संयोजक गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई बनाइएको छ ।  प्रत्येक जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन् ।

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाभित्र साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलको आञ्चलिक मनोविज्ञान पनि अझै बाँकी छ । आञ्चलिक मनोविज्ञानले पनि कांग्रेसको प्रदेश नेतृत्वमा को उम्मेदवार बन्छ र को विजयी बन्छ भनेर अर्थ राख्ने कतिपयको बुझाइ छ ।

कांग्रेसको महाधिवेशन हुनुअघि प्रदेश अधिवेशन हुँदैछ । कांग्रेस महाधिवेशन आगामी मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुँदैछ । कांग्रेसको जिल्ला सभापतिमा पौडेल पक्ष बलियो देखिएको छ भने महाधिवेशन प्रतिनिधिमा दुवै समूहका बराबर जस्तै छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x