×

कामु प्रधानन्यायाधीश नतोकिँदा बेञ्च बस्न समस्या

कामु प्रधानन्यायाधीश नतोकी बेञ्च नबस्न बारको आग्रह, न्यायाधीशहरू छलफलमा

मंसिर १५, २०७८

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश नतोकिएको कारण देखाउँदै बेञ्च नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

Laxmi Bank

दुवै बारका पदाधिकारीले बुधवार न्यायाधीशहरूलाई भेटेर कायममुकायम प्रधानन्यायाधीश नतोकिई गठित इजलासमा नबस्न ध्यानाकर्षण गराएका हुन् ।


Advertisment

'प्रधानन्यायाधीश अनुपस्थित रहेकाले कायममुकायम स्वत: तोकिनुपर्ने हो,' न्यायाधीशहरूसँगको भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भने, 'न्यायालय नेतृत्वविहीन हुन सक्दैन । गोलाप्रथाबाट तोकिएको पेशी रुजु गर्नका लागि पनि वरिष्ठतम् न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश तोकिनुपर्छ भनेर हामीले भन्यौं ।'


Advertisment

संविधानको धारा १२९ (६) अनुसार कामु प्रधानन्यायाधीश तोकेर मात्र सुनुवाई अगाडि बढाउनुपर्ने बारको तर्क छ ।

उक्त धारामा भनिएको छ–

प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ ।

बेञ्च नबस्न बारले आग्रह गरेपछि न्यायाधीशहरू छलफलमा जुटेका छन् । केही न्यायाधीश इजलासमा पुगिसके पनि अहिले सबै न्यायाधीशबीच सामूहिक छलफल भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा केही दिनदेखि अनुपस्थित छन् । कोरोना संक्रमण भएकाले एपीएफ अस्पतालमा उनको उपचार भइरहेको छ ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x