×
Bajaj Top
Khukuri
FONEPAY

‘जय श्रीराम’ नाराको बलमा बीजेपी जित्नेछ चुनाव ?

काठमाडाैं | मंसिर १५, २०७८

NTC
TVS INSIDE

भारतको उत्तर प्रदेशमा आगामी वर्ष चुनाव हुँदैछ । चुनावबाट प्रदेश सरकार फेरिएला कि दोहोरिएला ? सर्वत्र चासो छ ।

Sanima Bank
morang Auto yamaha

यसैबीच सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले ‘जय श्रीराम’ नाराकै बलमा चुनावमा जाने संकेत गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मुख्यमन्त्री योगी आदित्यनाथ सरकारका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले ट्वीट गर्दै धार्मिक नाराकै बलमा चुनाव लड्ने संकेत गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘अयोध्या काशीमा भव्य मन्दिर निर्माण जारी छ, मधुराको तयारी छ । जय श्रीराम, जय शिवशम्भु, जय श्री राधेकृष्ण ।’

मौर्यको ट्वीटलाई राजनीतिक संकेतका रूपमा भारतीय सञ्चारमाध्यमले चर्चा गरिरहेका छन् । वर्षाैंदेखि चर्चामा रहेको अयोध्यामा राम मन्दिर निर्माण शुरू भइसकेको र अब मथुरामा भगवान् श्रीकृष्णको प्रतिमा स्थापित हुने मुद्दालाई बीजेपीले प्रचारमा ल्याउन खोजेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसअघि एक टेलिभिजन अन्तर्वार्तामा मौर्यले भगवान् श्रीरामको भव्य मन्दिर निर्माण कार्य शुरू भएपछि भक्तजनमा खुशी छाएको अभिव्यक्ति दिएका थिए ।

राममन्दिर निर्माण कार्यले बीजेपीलाई राजनीतिक लाभ मिल्छ वा मिल्दैन ? यो भने चुनावी नतिजाले नै बताउने छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ ।  अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्त...

माघ ५, २०७८

 विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवि...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन...

माघ ५, २०७८

इरानबाट क्षेप्यास्त्र जोखिम बढेपछि इजरायलले एरो–३ एन्टी ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।  यस हतियारले वायुमण्डलबाहिरै शत्रुको क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ ।  त्यसक्रममा इजरायलल...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...