×
Bajaj Top
Khukuri
FONEPAY

लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

बुटवल | मंसिर १६, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी गुरूयोजना छिट्टै पूरा गर्न आग्रह गरेका छन् । गुरूयोजना बनेको ४० वर्ष हुँदा समेत पूरा हुन सकेको छैन । 

Sanima Bank
morang Auto yamaha

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सवमा बिहीवार बोल्दै नेता पौडेलले गुरूयोजना पूरा नहुँदा लुम्बिनीको सोचेजस्तो विकास हुन नसकेको भन्दै छिट्टै गुरूयोजना पूरा गर्नतर्फ लाग्न सरकार र लुम्बिनी विकास कोषलाई आग्रह गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

थालिएका कामहरू छिट्टो सम्पन्न गर्नतर्फ सबैको ध्यान पुग्नुपर्ने नेता पौडेलको भनाइ छ । 

लुम्बिनीसँगै तिलौराकोट, रामग्राम, देवदहको पनि संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको पौडेलले बताए । उनले भने, ‘रामग्राम, देवदह, लुम्बिनी र तिलौराकोटलाई समेटेर बृहत् गुरूयोजना बनाएर लुम्बिनी विकास गर्न आवश्यक छ ।’ 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

पौडेलले भैरहवामा निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनको दोस्रो चरणको निर्माण कार्य छिटो शुरू गर्न आग्रह समेत गरे ।

विमानस्थलको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेर परीक्षण उडानको तयारीमा छ । ‘गौतमबुद्ध विमानस्थलमा ‘फस्ट फेज’को काम सकेर उद्घाटन गर्ने बेलामा सेकेन्ड फेजको शुरू गर्नुपर्छ । त्यसका लागि एसियाली विकास बैंक तयार छ,’ पौडेलले भने । 

पूर्व अर्थमन्त्री समेत पौडेलले लुम्बिनीलाई आकर्षक शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । ‘विश्वविद्यालय बौद्ध शिक्षामा दुनियाँले विश्वास गर्ने, आकर्षक वैज्ञानिक र स्वदेश तथा विदेशले चाहेको श्रमबजारमा खपत हुनसक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गरोस्,’ उनले भने ।

विश्वविद्यालयको विकासमा पूर्ववर्ती सरकारले जस्तै अहिलेको सरकारले पनि तत्परता देखाउन पौडेलले आग्रह गरेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मंगलवार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अन...

माघ ५, २०७८

निर्वाचनसँग सम्बन्धित कानूनमा व्यवस्था भएअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने देखिएको छ । संविधानले स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल ५ वर्ष हुने भनेको छ । संविधा...

माघ ४, २०७८

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन,...

माघ ५, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित भएका छन् । महामन्त्री शर्माले बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संक्रमण भएको पुष्टि गरेका छन् । शर्माको परिवार ८ महिनाअघि सम...

माघ ४, २०७८

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका...

माघ ४, २०७८

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ ।  आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...