बैशाख २६, २०७९
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएसनले सोमवार आयोजना गरेको कार्यक्रममा...
सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको संख्या दैनिक बढ्दै गएको छ ।
आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २७७/७८ मा कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि ८३८ उजुरी सरिआएका थिए भने तीमध्ये ७०७ उजुरी आत्रै फछ्र्यौट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
गत आवमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको उल्लेख गर्दै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तर्गतका ३३३ उजुरी परेकामा शिक्षाअन्तर्गत १४३ र उद्योग वन पर्यटनअन्तर्गत ९६ उजुरी परेका बताए ।
आयोगले गत आवमा ११४ उजुरीअन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिबाट आयोगले १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार रुपैयाँ बिगो माग दाबी गरिएको बताए ।
कार्यालयले हाल ८३ उजुरीको विस्तृत र १ हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ उजुरी छन् ।
कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको स्पष्ट पार्दै स्थानीय तहमा धेरै चुनौतीका बाबजुद काम गर्दै जाँदा समस्या भएको हुनसक्ने बताए । ‘हामी जनप्रतिनिधि नाङ्गो आँखा हौं । हामीले हेर्ने नाङ्गो आँखाले मात्रै हो,’ उनले भने, ‘स्थानीय तहलाई कानून र विधिलाई व्यवस्थापन गर्न लामो समय लागेका कारण पनि भ्रष्टाचार बढेको देखिन्छ । खासमा सही नियतले काम गर्न सकेमात्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुम्बाङले दक्ष व्यक्तिबाट नै भ्रष्टाचारको खतरा बढ्दै गएको बताउँदै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकै कारणले पनि भ्रष्टाचार बढेको उल्लेख गरे ।
अख्तियारसँग कर्मचारीले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै सबैको सामूहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने उनले बताए ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएसनले सोमवार आयोजना गरेको कार्यक्रममा...
विराटनगर महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदैछ । सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नह...
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आ...
स्थानीय तहको पहिलो ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा नयाँ जनप्रतिनिधि छान्नका लागि निर्वाचन हुँदैछ । अहिले देशव्यापीरूपमा चुनावी तयारीको रापताप छ । भूइँ तहमा चुनावी राप पुगेको छ । २०७४ सालको चुनाव...
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...